काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको छ । बुधबार ९३ हजार ९ सय रूपैयाँमा छापावाला सुन खरिद बिक्री भएको थियो ।
शुक्रबार छापावाला सुनको प्रतितोला ९४ हजार ८ सय रूपैयाँमा खरिद बिक्री भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।
त्यसैगरी, तेजावी सुनको प्रति तोलाको मूल्य ९४ हजार ३ रुपैयाँ रहेको छ । साथै, चाँदी प्रतितोला ११ सय ९५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।