प्रभु बैंकको शाखा रोल्पाको लिवाङमा « Eglish Khabarhub

प्रभु बैंकको शाखा रोल्पाको लिवाङमा



काठमाडौं । प्रभु बैंकले रोल्पा जिल्लाको रोल्पा नगरपालिका- ४ लिवाङमा २१० औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको रोल्पा नगरपालिकाका मेयर पुर्ण के. सीले गरेका छन् ।

केसीले बैंकले व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नाे शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहजरुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको तथा बैंकको यो अभियानले देशभरि नै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताए ।

बैंकको लिवाङमा शाखा कार्यालयबाट बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधि युक्त बैंकिङ्ग सेवा प्रवाह हुने भएकोले स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवाउपभोग गरी लाभान्वितहुने बैंकले जनाएकाे छ ।

स्थानीय सर्वसाधारणमा बैंकिङ बानीको विकास भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा लिवाङ शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह विश्वास बैंकले लिएको छ ।

Publish on: