गाली बेइज्जती गर्ने पशुपतिनाथ मन्दिरका पालोवाला भण्डारीलाई साइबर मुद्दा    « Eglish Khabarhub

गाली बेइज्जती गर्ने पशुपतिनाथ मन्दिरका पालोवाला भण्डारीलाई साइबर मुद्दा   


१४ कार्तिक २०७७, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडाैं । सामाजिक सञ्जालमार्फत पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाको गालीबेइज्जती हुने सामग्री पोष्ट गरेका केदारमान भण्डारीलाई साइबर अपराधको मुद्दा लगाउने तयारी प्रहरीले गरेको छ ।

गुह्येश्वरी मन्दिरको गर्भगृहमा रहेको सुनको अष्टदल र भैरवको मूर्तिबाट २ किलो सुन कम भएको विषयको समाचार सार्वजनिक गराएको भन्दै पशुपतिनाथका पालोवाला भण्डारीसमेत रहेका केदारमानले यही कात्तिक २ गते सामाजिक सञ्जालमा कोषाध्यक्ष डा थापाको तस्बीरमा कालो पोती काटेर गाली बेइज्जतीको शब्दसहित पोष्ट गरेका थिए ।

कोषाध्यक्ष डा थापाले कात्तिक ४ गते महानगरीय प्रहरी परिसर काठमाडौँमा भण्डारीले साइबर अपराधसहित आफ्नो गाली बेइज्जती भएको भन्दै उजुरी दर्ता गर्नुभएको थियो । उजुरी दर्ता भएपछि परिसरले कात्तिक १२ गते भण्डारीलाई गुह्येश्वरी मन्दिर परिसरबाट पक्राउ गरेको थियो ।

भण्डारीलाई साइबर अपराधमा कात्तिक १६ गते अदालत पेश गर्ने तयारी भएको परिसरका प्रवक्ता सोमेन्द्रसिंह राठौरले राससलाई जानकारी दिए ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार ००:००  ४ : १४ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping