कोरोना संक्रमितको शव व्यवस्थापनमा विवाद, धनगढीमा कब्रस्थान सिल « Eglish Khabarhub

कोरोना संक्रमितको शव व्यवस्थापनमा विवाद, धनगढीमा कब्रस्थान सिल


१४ कार्तिक २०७७, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडाैं । कोरोनाबाट मृत्यु भएकी महिलाको शव गाडिएको स्थान धनगढी नगरपालिका वडा नम्बर १ स्थित कब्रस्तान सिल गरिएको छ । धनगढी उपमहानगरपालिका प्रवक्ता एवं वडा नम्बर १ का वडाध्यक्ष सन्तोष मुडभरिको रोहभरमा कब्रस्तान सिल गरिएको हो ।

बिहीबार कोरोना सङ्क्रमित महिलाको शव स्थानीय प्रशासन र नेपाली सेनाको टोलीले बस्ती बिचमै रहेको कब्रस्तानमा गाडेको थियो ।

त्यसपछि कोरोना संक्रमतिको शव मानव वस्ती नजिकै गाडिएको भन्दै स्थानीयहरुले विरोध प्रदर्शन गरेका थिए । यससँगै जिल्ला प्रशासन कार्यालयमा सरोकारवालाहरू बीच छलफल गर्दा पनि कुनै निष्कर्ष नआए पछि अर्को निर्णय नभए सम्मका लागी कब्रस्तान सिल गरिएको धनगढी उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले बताए ।

मानव वस्तीसँगै जोडिएको कब्रस्तानमा कोरोना सङ्क्रमितको शव व्यवस्थापन गरेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका थिए । स्थानीयले कब्रस्तानमा ताला समेत लगाएका छन् ।

यससँगै अन्य मृतकको शव व्यवस्थापन हुन सकेको छैन् । दुवै मिर्गौलाले काम गर्न छाडेपछि शुक्रवार बिहान मृत्यु भएको धनगढी उपमहानगरपालिका–१, का ५० वर्षीय मोहम्मद जमसेदको शव व्यवस्थापनमा समस्या भएको छ । तर आन्दोलनरत पक्षले भने धनगढीमा रहेको कब्रस्तान सधैका लागी बन्दहुनुपर्ने माग गरेका छन् ।

सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएकी कोरोना सङ्क्रमित महिलाको शव स्थानीय प्रशासन र नेपाली सेनाको टोलीले बस्ती बिचमै रहेको कब्रस्तानमा गाडेका थिए । मानववस्ती सँगै रहेको कब्रस्तानमा कोरोना सङ्क्रमितलाई गाडेको भन्दै आक्रोशित स्थानीयहरूले कब्रस्तानको गेटमा ताला लगाएका छन् । उनीहरूले त्यहाँ गाडिएको शव निकालेर अन्यत्रै व्यवस्थापन गर्न माग गरेका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार ००:००  ६ : ०१ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping