काठमाडौं । नेपाल ट्रस्ट कार्यालयले कमलादीस्थित काठमाडौं प्लाजा खाली गर्नका लागि ७ दिनको सूचना जारी गरेको छ । ट्रस्टले बुधबार एक सूचना जारी गर्दै पटक–पटक सूचना गर्दा पनि अटेर गरेकाले पुनः सूचना जारी गरेको जनाएको छ ।
हाल काठमाडौं प्लाजा कन्सेप्ट डेभलपर्स प्रालिले भाडामा सञ्चालन गरिरहेको छ । कम्पनीसँगको सम्झौता गत असार २ गते सकिएको छ ।
‘असार २ गते अध्यावधिक गरिएको सम्झौता सकिएको तथा सो सम्बन्धमा पटक पटक मौखिक तथा लिखित सूचना गर्दा पनि कन्सेप्ट डेभलपर्सले हालसम्म पनि उक्त काठमाडौं प्लाजा भवन खाली गरी नेपाल ट्रस्टलाई हस्तान्तरण गर्न अटेर गरिरहेको हुँदा अबको मितिले ७ दिनभित्रमा भवन सम्पूर्ण रुपमा खाली गरिदिन सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ ।
ट्रस्टको कार्यालयले उक्त भवन काठमाडौं महानगरपालिकालाई भवन भाडामा दिने सम्झौता गरेको छ । महानगरपालिकाले १० वर्षका लागि उक्त भवन भाडामा लिन सम्झौता गरिसकेको छ ।
महानगरपालिकाले मासिक ६० लाख रुपैयाँमा भाडा तिर्ने गरी सम्झौता गरेको छ ।
सम्झौता अनुसार महानगरपालिकाले उक्त भवन अन्य प्रयोजनका लागि भाडामा लगाउन पाउने छैन भन भवन पूर्णरुपमा आफैले प्रयोग गर्नुपर्नेछ ।
महानगरले विभिन्न ११ वटा स्थानीय तहबाट प्रवाह गर्दै आएको सेवा अब एकैछाना मुनीबाट प्रवाह गर्ने योजना बनाएको छ ।
SHARE YOUR THOUGHTS