सरकारले कृषि अनुसन्धान, प्रसार र शिक्षा केन्द्र स्थापना गर्ने « Eglish Khabarhub

सरकारले कृषि अनुसन्धान, प्रसार र शिक्षा केन्द्र स्थापना गर्ने



काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले कृषि अनुसन्धान, प्रसार र शिक्षा केन्द्र स्थापनाको तयारी थालेको छ ।

खेतीयोग्य जमिन बाँझो राख्ने तथा खण्डीकरण गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने उद्देश्यले प्रदेशमा कृषि गतिविधि सञ्चालन गरिन लागेको छ ।

कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ५ आइबिआरडी बजार नजिक रहेको राष्ट्रिय आवास कम्पनीका नाममा रहेको ७४ बिघा जमिनमा कृषि अनुसन्धान, प्रसार र शिक्षा केन्द्र स्थापनाको प्रक्रिया शुरु भएको छ ।

नेपालमा किसानहरुले मल खाद र सहज रुपमा बिउ बिजन पाउन सक्ने अवस्था छैन् । धान रोप्नुभन्दा पहिले नै नेपालमा युरिया मल ल्याइसक्ने सरकारी तयारी धान काटेर गहुँ रोप्ने बेलासम्म पनि आइनपुग्नु यसको उदाहरण हो ।

यद्यपि सरकारले गत सोमबार मात्रै जीटुजी माध्यमबाट बंग्लादेशसँग मल किन्ने निर्णय गरेको छ ।

सरकारले समयमा आवश्यक बिउ बिजन उपलब्ध गराउन नसक्ने तथा कृषकहरुले समेत आवश्यक तालिम पाउन नसक्दा कृषि क्षेत्रमा सोचे अनुरूप उपलब्धि हुन सकेको छैन ।

यो अवस्थालाई मध्यनजर गर्दै सुदूरपश्चिम प्रदेश सरकारले कृषि अनुसन्धान, प्रसार र शिक्षा केन्द्र बनाउन लागेको हो ।

कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ५ आइबिआरडी बजार नजिक रहेको राष्ट्रिय आवास कम्पनीका नाममा रहेको ७४ बिघा जमिनमा कृषि अनुसन्धान, प्रसार र शिक्षा केन्द्र स्थापनाको प्रक्रिया शुरु भएको हो ।

अनुसन्धान केन्द्र स्थापना भएपछि सुदूरपश्चिममा कृषि क्षेत्रको विकास हुने कृषि व्यवसाय, प्रवद्र्धन तथा सहयोग तालिम केन्द्र कञ्चनपुरका प्रमुख टिकाराम थापाले बताए ।

प्रदेश सरकार र स्थानीय तहबीच समन्वयन भएर नै अनुसन्धान केन्द्र निर्माण गरिने भएको हो । प्रदेशले अगाडी सारेको कृषि अनुसन्धान, प्रसार र शिक्षा केन्द्र बनाउने योजनाले सुदूरपश्चिम प्रदेशलाई नै फाइदा पुग्ने पूनर्वास नगरपालिकाका प्रमुख जीवन थापाले बताए ।

केन्द्र स्थापना भएपछि रोजगारी सिजर्ना हुने र स्थानीयहरुलाई प्रत्यक्ष रुपमा फाइदा हुने उनले बताए ।

प्रदेशभरी नै बिउ बिजन उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उनले पटक पटक टेण्डर आह्वान गर्दा पनि सहज रुपमा मल र बिउ बिजन उपलब्ध नहुने समस्या समाधान हुने बताए ।

स्थानीय कृषकहरु भने आफ्नै क्षेत्रमा गुणस्तरीय बिउ बिजन र मल उत्पादन हुने भएपछि खुसी भएका छन् । सीमावर्ती क्षेत्र भारतबाट गुणस्तरहिन बिउ र मल ल्याएर प्रयोग गर्दै आएका किसानहरुले सरकारी योजनाको स्वागत गरेका छन् ।

समयमा बिउ नपाइने र भारतबाट ल्याएको बिउ र मल गुणस्तरहित हुने समस्या गरेकोमा अध्ययन केन्द्र स्थापना भएपछि सहज हुने किसानहरुको भनाइ छ ।

अध्ययन केन्द्र स्थापनाका लागि व्यवस्थापन समिति गठन गरी निर्देशिका समेत तयार पारिएको छ । सुदूरपश्चिम प्रदेशमा कृषि अनुसन्धानका लागि अहिलेसम्म कुनै व्यवस्था नभएकोमा यहाँ सो केन्द्र स्थापना भए कृषि अनुसन्धान पनि गरिने छ ।

केन्द्र सञ्चालनमा स्थानीय स्तरमा रोजगारी सिवर्ना हुने छ । किसानको दैनिकीसँग जोडिएको यो केन्द्र चाँडो स्थापनामा सबैको सहकार्य हुनुपर्छ ।

उसोे त यसअघि पनि यस्ता निति र कार्यक्रम भने नआएका होइनन् तर कार्यान्वयनमा सरोकारवालाहरुको ध्यान केन्द्रित नहुदा प्रभावकारी हुन सकेका छैनन् ।

Publish on: