सातै प्रदेशमा ३ महिनालाई पुग्ने गरी पेट्रोलियम भण्डारण क्षमता बढाउने सरकारको तयारी « Eglish Khabarhub

सातै प्रदेशमा ३ महिनालाई पुग्ने गरी पेट्रोलियम भण्डारण क्षमता बढाउने सरकारको तयारी




पोखरा उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्टले वटा प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारण क्षमता  ९० दिन पुग्ने गरीबढाउने बताएका छन्

मन्त्री भट्टले नेपाल आयल निगमले गण्डकी प्रदेशमा स्थापना मुलुककै दोस्रो ठूलो पेट्रोलियम भण्डारण गृह निर्माणको शिलान्यासकार्यक्रममा उक्त कुरा बताएका हुन्

सरकारले राम्रो काम गरेन भनी चौतर्फी आलोचना भइरहेको , मन्त्री भट्टले भने, ‘यो बीचमा हामीले केही राम्रो काम शुरु गरेका छौ `

उनले मुलुकमा आपूर्तिको क्षेत्रमा केही कुराको कमी हुन नदिने बताउदै देशभर इन्धनको भन्डारण क्षमता बढाएर तीन महिनाको माग धान्नसक्ने बनाउने प्रतिबद्धता गरे

निगमले निमार्ण शुरु गरेको गण्डकी प्रदेशको कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर २९ ३० गगनगौडामा रहेको डिपोकोभण्डारण क्षमता विस्तारले प्रदेशमा पेट्रोलियम पदार्थको बिक्री वितरणलाई सुदृढ बनाउन कोशेढुंगा साबित हुने निगमको विश्वास

हरेक प्रदेशमा ९० दिनका लागि इन्धन भण्डारण क्षमताको डिपो निर्माण गर्ने निगमको घोषित नीतिअनुसार पहिलो परियोजनाका रुपमागण्डकी प्रादेशिक डिपोको क्षमता अभिवृद्धि शुरु भएको हो

२०५८ सालपछि निगमको आफ्नै लागानीमा पहिलो कामको रुपमा यो योजना अघि बढेको

गण्डकी प्रदेशमा पेट्रोलियम पदार्थको खपत हरेक वर्ष बढ्दो क्रममा

प्रदेशमा हरेक दिन लाख ६७ हजार लिटर पेट्रोलियम पदार्थको खपत हुन्छ एक दिनमा यस प्रदेशमा तीन लाख लाख २५ हजारलिटर डिजेल एक लाख ४२ हजार लिटर पेट्रोल बिक्री भईरहेको

यस डिपोमा हाल २२ लाख ८० हजार लिटर डिजेल लाख ५० हजार लिटर पेट्रोलको भण्डारण क्षमता

प्रदेशभरको हालको दैनिक खपत भण्डारण अवस्था तुलना गर्दा पेट्रोलियमको आपूर्तिमा कुनै कारणले अबरोध भए प्रदेशमा डिजेलकोमाग दिन पेट्रोलको माग दिनमात्रै धान्न सक्छ

निगमले आज शिलान्यास गरेको नयाँ भण्डारण परियोजना सञ्चालनमा आएपछि प्रदेशमा डिजेलको भण्डारण ३० दिनलाई पुग्ने हुनेछभने दिनका लागि मात्रै पुग्ने पेट्रोलको भण्डारण १२ दिनको माग धान्न पुग्नेछ

एशियाली विकास बैंकको सहयोगमा २०५८ सालमा बनेयता स्तरोन्नती हुन नसकेको यस डिपो अब भने अमलेखगन्ज पछिको नेपालकैदोस्रो ठूलो पेट्रोलियम भण्डारण गृह बन्ने

चितवनको लोथरमा बन्ने ठूलो ब्लक भण्डारण गृहको सप्लाई चेनको रुपमा निगमले यस गगनगौडा डिपोलाई लिएको

नयाँभण्डारण गृह कस्तो हुन्छ ?

हाल डिपो रहेको कुल ७७ रोपनी जमिनलाई नै व्यवस्थापन गरेर निगमले नयाँ भण्डारण गृह निर्माण अघि बढाएको हो

नयाँ भण्डारण गृह निर्माणका लागि दुई अर्ब खर्च गरेर जग्गा खरिद गर्न सुरु भईसकेको अवस्थामा उक्त कार्य रोकेर निगमले योपरियोजना अघि बढाएको हो।

पुरानै जमिनमा ३० दिनलाई पुग्ने भण्डार गृह बनाउने निर्णय सार्थक हुँदा अतिरिक्त अर्व रूपैयाँ जोगिएको निगमको  ठम्याइ

अहिलेक डिपो निर्माण गर्न इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवा पुल्चोकले प्राविधिक अध्ययन गरेको हो

भण्डारण गृहको कुल निर्माण लागत ७७ करोड नेपाली रुपैयाँ हुनेछ दुईवर्षभित्रै निर्माण सम्पन्न हुने परियोजनाको ठेक्का समानान्तररेलिगेयरभारत ट्यांकस जेभीले पाएका छन्

परियोजना अन्तर्गत हालको डिपो हातामा लाख लिटर क्षमताका दुई वटा ठूला डिजेल भण्डारण ट्यांक बन्नेछ एक नयाँ पहुँच सडक, लाख लिटर क्षमताको पानी भण्डारण ट्यांक, डिपोको चमेना गृह,चालक तथा सुरक्षाकर्मी बस्नका लागि पनि नयाँ संरचना निर्माण गरिनेछ

इन्धन भण्डारण ट्यांक यसमा जडान हुने संरचनाहरु जर्मन प्रविधिमा आधारित पूर्ण अटोमेटिक हुनेछन् डिजेल लोड तथा अनलोडसुविधापूर्णरुपमा स्वचालित हाईटेक सुरक्षा प्रविधिमा आधारित हुनेछन्

डिपोको भण्डारण क्षेत्रमा अग्नि सुरक्षाका लागि विशेष प्रविधि सावधानीको कार्य पनि यहि परियोजनाकै सिलसिलामा हुनेछ

नयाँ भण्डारण गृहमा २० हजार लिटर क्षमताका ३२ देखि ४० ट्याकंरले दैनिक डिजेल अनलोड गर्न सक्नेछन्

ट्यांकर अनलोडका लागि प्रतिघण्टा १२० किलोलिटर क्षमताका पाँच वटा पम्प जडान गरिनेछ

वटा नयाँ वे पनि संचालनमा हुनेछ भण्डारण गृहको तापमान, इन्धन चुहावट, आगलागी लगायतको दुर्घटना पहिचान गर्न विशेषप्रविधि डिपोमा जडान हुनेछ

आपत्कालिन अवस्था आएको खण्डमा एकै स्वीचमा सबै प्रणाली बन्द गर्न सकिने एकीकृत रिमोट कन्ट्रोल प्रविधि डिपोमा हुनेछ

कुनै पनि कारणबाट डिपोमा आगो लागेको खण्डमा करिब दुई घण्टासम्म निरन्तर आगो नियन्त्रणका लागि लड्ने क्षमताको पूर्वाधारडिपोमा हुनेछ ७० प्रतिशत पानी ३० प्रतिशत फोमयुक्त अग्नि नियन्त्रण उपकरण त्यसका लागि प्रयोग हुनेछ

परियोजना सम्पन्न भएपछि काठमाडौंको ब्याकअपको रुपमा पनि पोखरा डिपोले काम गर्ने भने गण्डकी प्रदेशमा पेट्रोलियमवितरणको संरचनामा पनि कायपलट गर्ने निगमको विश्वास

Publish on: