प्रभु बैंक डिबेञ्चर-२०८७ का लागि निष्काशनका लागि बिक्री प्रबन्धकमा मेगा क्यापिटल नियुक्त « Eglish Khabarhub

प्रभु बैंक डिबेञ्चर-२०८७ का लागि निष्काशनका लागि बिक्री प्रबन्धकमा मेगा क्यापिटल नियुक्त



काठमाडौं । प्रभु बैंकले १ हजार अंकित दरको १० वर्षको भुक्तानी अवधिका लागि जारी गर्न लागेको ‘प्रभु बैंक डिबेञ्चर–२०८७’ निष्काशन गर्नका लागि मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्ती गर्ने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतामा प्रभु बैंकका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र मेगा क्यापिटल मार्केट्स लिमिटेडका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत सुदयकान्त झाले हस्ताक्षर गरे ।

प्रभु बैंकले वार्षिक ८.५ प्रतिशतका दरले प्रत्येक तीन÷तीन महिनामा ब्याज भुक्तानी हुने गरी रु. ४ अर्ब बराबरको डिबेञ्चर निष्काशन गर्न लागेको छ ।

२ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तबरबाट र १ अर्व ६० करोड बराबरको ऋणपत्र सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

नेपाल धितोपत्र बोर्डबाट आवश्यक स्वीकृति प्राप्त भए पश्चात् ‘प्रभु बैंक डिबेञ्चर–२०८७’ सार्वजनिक निष्काशन गरिनेछ ।

Publish on: