काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुले नेकपा अध्यक्ष प्रचण्डस“ग भेट गरेका छन् ।
महासंघ अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षहरू अन्जन श्रेष्ठ र रामचन्द्र संघई र कोषाध्यक्ष सुकुन्तलाल हिराचन सम्मिलित प्रतिनिधिमण्डलले अध्यक्ष प्रचण्डस“ग भेट गरेका हुन् ।
भेटमा नया“ नेतृत्वले कोभिड संकटको अवस्थामा मुलुकको अर्थतन्त्रलाई सकुशलमाथि उठाउन निजी क्षेत्रको सुझावसहितको भिजन पेपर तयारी गरिरहेको जानकारी गराए ।
अध्यक्ष गोल्छाले आर्थिकदेखि सम्पूर्ण क्षेत्रकै लागि कोभिड अत्यन्त ठूलो चुनौती बनेर आएकाले यसबाट मुलुकलाई सकुशलमाथि उठाउनु सबैको कर्तव्य भएको र निजी क्षेत्रको नेतृत्वदायी संस्था महासंघले यसका लागि विशेष गृहकार्य गरिरहेको बताए ।
निजी क्षेत्रले सरकार तथा राजनीतिक दलहरूबाट मुलुकको आर्थिक पुनरूत्थानका लागि उत्तिकै सहयोगको अपेक्षा गरेको पनि बताए ।
भेटमा महासंघका पदाधिकारीहरुबाट साना तथा मझौला उद्योग व्यवसायको पुनरूत्थानमा विशेष जोड दिनुपर्ने बताउ“दै मौद्रिक नीतिमार्फत् आएका राहतका सुविधाहरूको कार्यान्वयनको अनुभुति स्थानीय तहका उद्यमी व्यवसायीहरूले गर्न पाउनु पर्नेमा जोड दिइयो ।
नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्डले महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दि“दै उद्योग व्यवसायको विकास विस्तारमा सक्रियतापूर्वक लाग्न नया“ टिम सफल हुने विश्वास व्यक्त गरे ।
निजी क्षेत्रको सर्वोच्च संस्था महासंघलाई आफूले सधै उच्च प्राथमिकता दिएको स्पष्ट पार्दै उनले मुलुकको अर्थतन्त्रको प्रमुख आधारकोरूपमा रहेका साना तथा मझौला उद्योग व्यवसायको पुनरुत्थानका लागि आफ्नो पनि विशेष जोड रहेको र महासंघको नया“ नेतृत्व पनि यसमानै केन्द्रित रहेको पाउ“दा आफूलाई खुशी लागेको बताए ।
SHARE YOUR THOUGHTS