सुनको मूल्य प्रतितोला ८ सयले बढ्यो « Eglish Khabarhub

सुनको मूल्य प्रतितोला ८ सयले बढ्यो



काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँ कायम भएकोमा बुधबार बढेर ९३ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको प्रति तोलाको मूल्य ९२ हजार ६५० रुपैयाँ रहेको छ । साथै, चाँदी प्रतितोला १२ सय ३० रुपैयाँ कायम भएको छ ।

Publish on: