एडीबीले विमानस्थल र नदीजन्य बाढी व्यवस्थापनका लागि १९० मिलियन डलर उपलब्ध गराउने « Eglish Khabarhub

एडीबीले विमानस्थल र नदीजन्य बाढी व्यवस्थापनका लागि १९० मिलियन डलर उपलब्ध गराउने



काठमाडौं । एसियन विकास बैंकले १५० मिलियन डलर अर्थात् १७ अर्ब ८२ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण कर्जा विमानस्थलको स्तरोन्नतीका लागि उपलब्ध गराउने भएको छ । त्यसका साथै ४० मिलियन डलर सहुलियतपूर्ण कर्जा र १० मिलियन डलर अनुदान नदीजन्य बाढी जोखिम व्यवस्थापनका लागि उपलब्ध गराउने भएको छ ।

नेपाल सरकार र एसियाली विकास बैंकबीच आज उक्त सम्झौता भएको हो । अर्थमन्त्रालयका सह सचिव श्रीकृष्ण नेपाल र एसियाली विकास बैंककातर्फबाट रुडी लोउइस हेन्डिकुस भेन डेलबीच उक्त सम्झौता भएको हो ।

सम्झौता अनुसार १५० मिलियन अमेरिकी डलर विमानस्थलको क्षमता विस्तारमा खर्च हुनेछ । जसमध्ये त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्यालालल ट्याकसी वे, ह्याङगर, ह्याङगर एप्रोन, आगामी प्रोजेक्टको डिजाइनमा खर्च हुनेछ भने भैरहवास्थित निर्माणाधिन गौतम बुद्ध विमानस्थलमा दोस्रो टर्मिनल भवन निर्माणका लागि खर्च हुनेछ ।

त्यसैगरी एडीबीले उपलब्ध गराएको ४० मिलियन डलरको सहुलियतपूर्ण ऋण र १० मिलियन डलर अनुदान नदीजन्य बाढी जोखिम व्यवस्थापन प्रोजेक्टमा खर्च हुनेछ ।

Publish on: