काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेकोमा आज भने १ सय रुपैयाँले बढेको छ ।
बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएकोमा बिहीबार बढेर ९४ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, तेजावी सुनको प्रति तोलाको मूल्य ९३ हजार ६ सय रुपैयाँ रहेको छ । साथै, चाँदी प्रतितोला १२ सय ८० रुपैयाँ कायम भएको छ ।
SHARE YOUR THOUGHTS