काठमाडौं । सर्बोच्च अदालतले प्रतिनिधिसभा बिघटन विरुद्द परेको रिटमा ‘एमिकस क्युरी’ झिकाउने निर्णय गरेको छ।
प्रतिनिधिसभा बिघटन विरुद्द सर्बोच्च अदालतमा परेको मुद्दामा कारण देखाउ जारी गर्दै ‘एमिकस क्युरी’ झिकाउने निर्णय गरेको हो ।
संवैधानिक इजलासमा शुक्रबार सुनुवाईपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित ५ न्यायाधीशको पूर्ण इजलासले विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र राष्ट्रपति कार्यालयसँग लिखित जवाफ माग गर्ने आदेश दिएको हो ।
सर्बोच्चले नेपाल बार एशोसियनसँग ‘एमिकस क्युरी’ मगाउने निर्णय गरेको हो । गम्भिर संवैधानिक मुद्दामा सर्बोच्च बारबाट अधिवक्ता मगाउने काम गर्छ ।
सर्बोच्च अदालतको संवैधानिक इजलाशमा मुद्दाको सुनुवाई गर्दै कारण देखाउ आदेश जारी गरेको हो । सरकारसँग सर्बोच्चले प्रतिनिधिसभा बिघटनको सक्कल फाइल समेत माग गरेको छ ।
SHARE YOUR THOUGHTS