बैंक अफ काठमाण्डू र सेलपेबीच सहकार्य सुरु « Eglish Khabarhub

बैंक अफ काठमाण्डू र सेलपेबीच सहकार्य सुरु



काठमाडौं । बैंक अफ काठमाण्डूले भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ ।

सहकार्य सम्झौतामा बैंकका रिसर्च, प्रोडक्ट डेभलपमेन्ट एंड मार्केटिङ्ग प्रमुख रितेश लामिछाने तथा सेलकम प्रा. लि. का प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् ।

सेलपे, सेलकम प्रा. लि. द्वारा संचालित, नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक हो । जसले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खाता मार्फत डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्दछ ।

भुक्तानी सुरक्षित तथा विश्वसनीय बनाउनका लागि सेलपेलाई विभिन्न अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षा प्रणालीभित्र रही विकास गरिएको छ । सेलपे मार्फत गरिएको भुक्तानी वास्तविक समयमा हुन्छ । ग्राहकहरुले सेलपेमा आवद्ध गरि सकिएका अन्य बैंकमा वा त्यहाँबाट बैंकको खातामा दर्ता गरिएको मोबाइल नम्बर मार्फत रकम स्थानान्तरण गर्न सक्नेछन् ।

ग्राहकहरुले सेलपे भुक्तानी सेवा रहेका स्थानहरुमा सेलपे मार्फत अन्य व्यापारिक भुक्तानी गर्र्न सक्नेछन् । यसमार्फत मोबाइलको टप-अप, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, टि.भी हरुको बिल, स्वदेश भित्र गरिने रेमिट्यान्स पठाउन/पाउन, बिमा रकम भुक्तानी, इएमआई भुक्तानी, तथा शेयर कारोबारको भुक्तानी गर्न सकिने छ ।

बैंकले बैंकिंग सेवा ९१ शाखाहरु, ७८ एटीएमहरु र १० एक्सटेंशन काउंटर मार्फत ग्राहकहरुलाई पु¥याउँदै आएको छ ।

Publish on: