काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल र होटल साम्बालाबीच बैंकका ग्राहकलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्डवाहक महानूभावहरुले होटल साम्बालामा सेवा लिंदा विशेष छुट पाउँनेछन् । यो सहकार्यबाट बैंकका ग्राहक महानूभावहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
बैंकले १०९ वटा शाखा, ९८ वटा एटिएम र १०४ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट सेवा दिइरहेको छ । बैंकले प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानी पूर्वक आफ्ना ग्राहकको वित्तीय आवश्यकता डिजिटली प्रदान गरेको छ ।
यसलाई मूर्त रुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग-ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान एण्ड विथड्र सेवा, मोबाइल बैंकिङ्गको पिन नम्बर बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट बाट मुक्त हुने बैंकको दाबी छ ।
SHARE YOUR THOUGHTS