काठमाडौं । मुक्तिनाथ विकास बैंकको १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभाले सेयरधनीहरुलाई ११.२५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । साथै आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक प्रतिवेदन, आ.व. २०७७÷०७८ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु सहित पारित गरेको छ ।
बंैक सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य श्री गजेन्द्रमान श्रेष्ठले स्वागत मन्तब्य राख्नु भएको थियो ।
बैंकले कोरोना महामारीको विषम परिस्थितिमा भर्चुअल माध्यमबाट सेयरधनीहरुलाई सहभागिता गराइएको थियो । साधारणसभामा अध्यक्ष भरतराज ढकालले आव २०७६÷०७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गरे । उक्त प्रतिवेदनमा भर्चुअल माध्यमबाट सहभागी भएका सेयरधनीहरुबाट सल्लाह, सुझाव दिएका छन् ।
SHARE YOUR THOUGHTS