लक्ष्मी बैंकको साधारणसभा सम्पन्न, ९ % लाभांश पारित « Eglish Khabarhub

लक्ष्मी बैंकको साधारणसभा सम्पन्न, ९ % लाभांश पारित



काठमाडौं । लक्ष्मी बैंकको २० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभाले बैंकको चुक्ता पूँजीको ९ प्रतिशत बोनस सेयर र २.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी १० अर्ब ६९ करोड रुपैयाँ पुगेको छ ।

साधारण सभाले आर्थिक वर्ष २०७५/७६ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ ।

साधारण सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट विश्वकरण जैन तथा स्वाती रुङ्गटालाई बैंकको सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेको छ ।

आव २०७६/७७ मा १ खर्ब ७६ अर्ब निक्षेप र ८९ खर्ब ८९ अर्ब कर्जा लगानी गरेको छ । बैंकको वासलातको आकार १ खर्ब २८ अर्ब रुपैयाँ रहेको छ । उक्त आवमा बैंकले १ अर्ब ४१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

Publish on: