काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभाले २०.५३ प्रतिशत लाभांश पारित गरेको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको १.०२६३१६ प्रतिशत नगद लाभांश वापत (कर प्रयोजनका लागि) र १९.५० प्रतिशत बोनस सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।
यसैगरी सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनको आधारमा स्पर्स लघुवित्त वित्तीय संस्थाको १(एक) कित्ता सेयर बराबर ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको ०.९० कित्ता शेयर दिने गरी शेयर स्वाप अनुपात कायम गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
SHARE YOUR THOUGHTS