नेपालमा किन खुल्दैनन् विदेशी बैंकका शाखा ? « Eglish Khabarhub

नेपालमा किन खुल्दैनन् विदेशी बैंकका शाखा ?


४ माघ २०७७, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । २०७५ पुस ४ गते कतारको दोहा बैंकले नेपालमा प्रतिनिधि कार्यालय खोल्यो । उक्त कार्यालयको उदघाटन राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले गरेका थिए ।

उदघाटन समारोहमा दोहा बैंकका प्रतिनिधिहरुले सम्भाव्यता अध्ययन गरेर नेपालमा शाखा नै खोल्न तयारी भइरहेको बताएका थिए । तर दोहा बैंकले अहिलेसम्म शाखा कार्यालय खोलेको छैन ।

विश्व व्यापार संगठनको प्रावधान अनुसार विदेशी बैंकले नेपालमा शाखा खोल्न सक्छन् । नेपाल पनि २००४ मा विश्व व्यापार संगठनको सदस्य भएको थियो । र, २०१० देखि नेपालमा विदेशी बैंकले शाखा खोल्न पाउने गरियो । तर, अहिलेसम्म शाखा भने खुलेका छैनन् ।

पछिल्ला वर्षहरुमा नेपालमा शाखा खोल्न विदेशी बैंकले चासो देखाएका छन् । चासो देखाउनेमा बढी चाइनिज छन् भने केही भारतीय बैंक छन् । यद्यपि शाखा भने खोल्दैनन् ।

त्यतिमात्रै होइन, नेपालमा विदेशी बैंकका शाखा खोल्न औपचारिकरुपमा प्रयास थालिएको २४ वर्ष भयो । तर, प्रयासहरु सफल भएका छैनन् ।

व्यवसायी डा. रुपज्योतिले २०५३ सालतिर नेपालमा कोरियन हाना बैंकको शाखा स्थापना गर्ने प्रयास गरे । हाना बैंकले राष्ट्र बैंकलाई आफुले शाखा स्थापना गर्न चाहेको भन्दै औपचारिक पत्र पनि पठाएको थियो । तर, ज्योतिको प्रयास सफल भएन ।

त्यस्तै, तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र बीरबिक्रम शाहको इच्छामा ०५५ सालतिर चीनको बैंक अफ चाइनाको शाखा पनि भित्र्याउन खोजियो । त्यसबेला, बैंक अफ चाइनाले पनि शाखा स्थापना गर्न चाहेको पत्र पठाएको थियो । अन्ततः त्यो प्रयास पनि सफल भएन ।

विदेशी बैंकले नेपालमा शाखा स्थापना गर्न औपचारिकरुपमा इच्छा व्यक्त गरेका यी दुई बैंकले मात्रै हुन् ।

२०७२ चैत पहिलो साता नेपाल राष्ट्र बैंक र चीनको केन्द्रिय बैंक चाइना बैंकिङ रेगुलेटरी कमिशनका गभर्नरबीच नियमनसम्बन्धी सूचना आदानप्रदान गर्ने सम्झौता भएको थियो । योसँगै दुई देशबीच एक अर्काका देशमा बैंकका शाखा स्थापना गर्न बाटो पनि खुल्यो ।

त्यसो त, नेपाल विश्व व्यापार संगठनमा प्रवेस गरेपछि नै विदेशी बैंकका शाखा खोल्न पाउने व्यवस्था खुल्ला भएको थियो । तर, दुई देशका केन्द्रिय बैंकबीच सूचना आदानप्रदान गर्ने सम्झौता नभएकाले शाखा खोल्न कठिन थियो ।

चिनियाँ केन्द्रीय बैंकसँगको सम्झौतासँगै चिनियाँ बैंक नेपालमा शाखा स्थापना गर्न इच्छुक भएको चर्चा फेरि पनि चुलियो ।

राष्ट्र बैंकका तत्कालीन गभर्नर डा. चिरञ्जीबी नेपालले पनि चिनियाँ बैंकहरु नेपालमा शाखा खोल्न इच्छुक रहेको सार्वजानिक वक्तव्य नै दिएका थिए । तर, त्यसयता कुनैपनि चिनियाँ बैंकले औपचारिकरुपमा कुरा उठाएका छैनन् ।

यद्यपि अहिले पनि चिनयाँ बैंकले अनौपचारिक च्यानलमार्फत् नेपालमा शाखा खोल्न इच्छा देखाउँदै आएको केन्द्रिय बैंकका अधिकारीहरु बताउँछन् ।

‘विभिन्न एजेन्टहरुमार्फत् चिनीयाँ बैंकले शाखा स्थापना गर्न इच्छा व्यक्त गरिरहेका छन्,’ राष्ट्र बैंक स्रोतले क्लिकमाण्डूसँग भन्यो, ‘शाखा खोल्न के कस्ता प्रावधान छ भनेर बुझ्छन् अनि फर्किन्छन् ।’

केही वर्ष पहिले भारको आइसीआइसी बैंकका प्रतिनिधिहरुले पनि राष्ट्र बैंकमा आएर शाखा खोल्न के कस्ता प्रावधान छन् भनेर बुझेका थिए । तर, त्यसपछि उनीहरु फेरि सम्पर्कमा आएका छैनन् ।

राष्ट्र बैंकका अधिकारीहरुले पनि विदेशी बैंक नेपाल आउन सक्ने भन्दै विगत ७÷८ वर्षदेखि सबै हिसाबमा बलियो हुन बैंक तथा वित्तीय संस्थाहरुलाई सचेत गराउँदै आएका छन् ।

०७२ साउन पहिलो साता बैंक तथा वित्तीय संस्थाहरुको न्यूनतम चुक्ता पुँजी ४ देखि ८ गुणाले बढाउने घोषणा गर्दै गभर्नर डा. नेपाललले नेपालमा विदेशी बैंक आउने संभावना रहेको र उनीहरुसँग प्रतिस्पर्धा गर्न पुँजीको आधार बलियो हुनुपर्ने आवश्यकता रहेको तर्कसमेत दिएका थिए ।

राष्ट्र बैंकले नेपालमा खुल्ने विदेशी बैंकका शाखाको चुक्ता पुँजी २० अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको छ । अहिले नेपाली बैंकहरुले ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउँदा त अर्थतन्त्रको आकार सानो भएकाले नाफा नहुने भन्दै गुनासो गर्दै आएका छन् । यस्तो अवस्थामा विदेशी बैंकले २० अर्ब चुक्ता पुँजी राखेर कति नाफा कमाउन सक्छु भन्ने विश्लेषण नगर्ने कुरै भएन ।

नेपालमा शाखा खोल्न विदेशी बैंकहरु इच्छुक देखिए पनि यहाँको कारोबारको आकार देखेपछि आफुलाई फाइदा नहुने निष्कर्श निकाल्दै उनीहरु व्याक फर्किने गरेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

‘विदेशी बैंकले ठूलो बढी कारोबार गर्छन्, त्यसैले यति सानो बजारमा आफुलाई फाइदा हुने नदेखेर उनीहरु व्याक भएका हुनसक्छन्,’ स्रोतले भन्यो ।

पछिल्लो समय नेपाल र चीनबीचको व्यापार बढ्दै गएकाले नेपालमा चिनियाँ बैंकको आवश्यकता रहेको महशुस गरिएको छ ।

चिनियाँ बैंकको शाखा नहुँदा चीनसँग व्यापार गर्ने व्यवसायीहरुले भुक्तानीका लागि झन्झट भोग्नु परेको व्यवसायीहरु बताउँछन् ।

‘नेपालमा चिनियाँ बैंकको शाखा हुने हो भने नेपाल–चीनको व्यवसाय विस्तारमा ठूलो योगदान पुग्थ्यो,’ नेपाल चाइना चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए ।

२० अर्ब चुक्ता पुँजी

विदेशी बैंकका प्रतिनिधि वा अन्य कुनैपनि कार्यालयले राष्ट्र बैंकले तोकेअनुसार मात्रै काम गर्न पाउनेछन् । यस्ता शाखाले २० अर्ब रुपैयाँ चुक्ता पुँजी राख्नुपर्ने हुन्छ ।

त्यसैगरी कुनैपनि राष्ट्र बैंकको स्वीकृतप्राप्त विदेशी बैंकका शाखालाई ऐन बमोजिम स्थापना भएका बैंक तथा वित्तीय संस्था सरह मानिने प्रावधान छ ।

त्यस्तै, विदेशी बैंक वा वित्तीय संस्थाको शाखाको काम, कर्तव्य, अधिकार, जिम्मेवारी, दायित्व, जायजेथा, लेखा आदि काम कारबाहीको जिम्मेवारी लिने तथा त्यस्तो काम कारबाही सम्पादन गर्ने पदाधिकारी तथा कर्मचारीहरुको जिम्मेवारी सम्बन्धमा राष्ट्र बैंकले आवश्यक निर्देशन दिन सक्नेछ ।

होलसेल बैंकिङमात्रै गर्न पाउने

नेपालमा शाखा खोल्ने कुनै पनि विदेशी बैंक तथा वित्तीय संस्थाका शाखाले ‘होलसेल ९थोक० बैंकिङ कारोबार’ मात्रै गर्न पाउने छन् । जसअनुसार विदेशी बैंकका शाखाले १० करोड रुपैयाँभन्दा बढीको मात्रै कारोबार गर्न पाउँछन् ।

त्यतिमात्रै होइन, सर्वसाधारणसँग निक्षेप उठाउन र कर्जा लगानी गर्न पाउँदैनन् ।

शाखा बन्द गर्न स्वीकृति लिनुपर्ने

नेपालमा खुलेको विदेशी बैंकका शाखाले आफ्नो शाखा बन्द गर्नु परेमा राष्ट्र बैंकको स्वीकृति लिएर शाखाको सम्पूर्ण दायित्व भुक्तानी गरेर मात्र आफ्नो शाखा बन्द गर्नसक्ने कानूनी प्रावधान छ ।

‘शाखाको नियमित कारोबारको सिलसिलामा बाहेक विदेशी बैंक वा वित्तीय संस्थाको शाखाको कुनै पनि पदाधिकारी वा कर्मचारीले त्यस्तो शाखाको कुनै सम्पत्ति अर्को मुलुकमा स्थानान्तरण गरेमा, सोको स्वीकृति दिएमा, त्यसो गर्न अख्तियारी दिएमा वा सो कार्यलाई मद्दत गर्ने वा पुग्ने कुनै कार्य गरेमा यस ऐन बमोजिम कसूर गरेको मानिनेछ,’ बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनमा उल्लेख छ ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार ००:००  १ : ३७ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping