काठमाडौं । नेपाल बैंकको नाफामा सामान्य गिरावट देखिएको छ । गत आवको दोस्रो त्रैमासको तुलनामा बैंकको खुद नाफा ०.१५ प्रतिशतले घटेको हो ।
गत आवको पुस मसान्तसम्म बैंकले १ अर्ब ३५ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको सोही अवधिमा बैंकको खुद नाफा १९ लाख रुपैयाँले घटेर १ अर्ब ३५ करोड ४ लाख रुपैयाँमा सीमित भएको छ ।
बैंकद्वारा सार्वजनिक चालु आर्थिक वर्षको दास्रो त्रैमासिक वित्तीय विवरणअनुसार सो अवधिमा बैंकको वितरण योग्य नाफा ६७ करोड ८२ लाख रुपैयाँ छ ।
समीक्षा अवधिमा बैंकले निक्षेप संकलन ५.२७ प्रतिशतले बढाएर १ खर्ब ४८ अर्ब ९९ करोड रुपैयाँ र कर्जा प्रवाह १२.८८ प्रतिशतले बढाएर १ खर्ब १६ अर्ब ६१ करोड रुपैयाँ पुर्याएको छ । गत आवको सोही अवधिका बैंकले १ खर्ब ४१ अर्ब ५३ करोड रुपैयाँ निक्षेप संकलन र १ खर्ब ३ अर्ब ३० करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
जसवापत बैंकले ८.२४ प्रतिशत खुद ब्याज आम्दानी थप गरी २ अर्ब ९७ करोड १३ लाख रुपैयाँ पुर्याएको छ । गत आवको पुस मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी २ अर्ब ७४ करोड ५० लाख रुपैयाँ थियो ।
साथै, सो अवधिमा बैंकको खराब कर्जा अनुपात ०.२२ प्रतिशतले बढेको छ । गत आवको पुस मसान्तमा २.६६ प्रतिशत खराब कर्जा अनुपात रहेकोमा चालु आवको सोही अवधिमा यस्तो अनुपात २.८८ प्रतिशत पुगेको छ ।
समीक्षा अवधिमा बैंकको कष्ट अफ फण्ड ३.५७ प्रतिशत, सीसीडी रेसीयो ६९.४९ प्रतिशत, बेसरेट ६.१९ प्रतिशत र स्प्रेडरेट ४.३९ प्रतिशत छ । साथै, सो अवधिमा बैंकको प्रतिसेयर आम्दानी २ज्ञ रुपैयाँ ३७ पैसा, प्रतिसेयर मूल्य ३ सय ६६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २ सय ५३ रुपैयाँ १८ पैसा छ ।
SHARE YOUR THOUGHTS