काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना संस्थागत ग्राहक महानुभावहरुका लागि बैंक खाताबाटै विद्युतिय कारोबार गर्न सक्ने कर्पोरेट पे प्रणालीको सुरुवात गरेको छ ।
उक्त सेवा बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसंगको सहकार्यमा उपलब्ध गराएको हो । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख सुचना अधिकारी महेश मिश्रज्यू तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख संचालन अधिकृत मुन्नी राजभण्डारीले हस्ताक्षर गरिन् ।
बैंकको आफ्ना संस्थागत ग्राहक महानुभावहरुलाई डिजिटल माध्यमबाट रकम स्थानान्तरण, तलब व्यवस्थापन, सरकारी राजस्व भुक्तानी लगायत अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु आफ्नो बैंकमा रहेको बैंक खाताबाट सजिलै गर्न सकिने छ ।
यस प्रणाली सुचारु गरेपश्चात् बैंकको संस्थागत ग्राहक महानुभावहरुले तोकिएको कारोबार सीमा भित्र सबै आवश्यक भुक्तानीहरु गर्न सक्नेछन् । संस्थागत ग्राहक महानुभावहरुले यस सेवा सुचारुको लागि आवश्यक प्रकृया पुरा गरी बैकमा आवेदन दिनुपर्नेछ ।
साथै, ग्राहक महानुभावहरुले आफ्ना आवश्यकता बमोजिम यस प्रणालीमा एक भन्दा बढी बैंक खाताहरु समेत आबद्ध गरी कारोबार गर्न सकिने सुबिधा रहेको छ । यस प्रणालीको प्रयोगले बैंकको शाखा कार्यालयहरुमा नपुगी विभिन्न बैकिङ्ग कारोबारहरु चेकको प्रयोग नगरी अनलाईनको माध्यमबाट नै गर्न सकिने हुदाँ संस्थागत ग्राहक महानुभावहरुलाई सजिलो हुने विश्वास बैंकले लिएको छ ।
SHARE YOUR THOUGHTS