काठमाडौं । कृषि विकास बैंकको नाफा १६ प्रतिशतले घटेको छ ।
बैंकले प्रकाशित गरेको पुस मसान्तसम्मको अपरिस्कृत विवरण अनुसार नाफा १ अर्ब ३२ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष बैंकको नाफा १ अर्ब ५८ करोड थियो ।
१६ अर्ब ४२ करोड चुक्ता पूँजी भएको बैंकको रिजर्बमा ९ अर्ब ९८ करोड रुपैयाँ रहेको छ ।
बैंकको निक्षेप १ खर्ब ४४ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष १ अर्ब ४३ करोड रुपैयाँ बैंकको निक्षेप रहेको थियो ।
यस्तै कर्जा तर्फ बैंकले १ अर्ब ३२ करोड प्रवाह गरेको छ । अघिल्लो वर्ष १ अर्ब २१ अर्ब प्रवाह गरेको थियो ।
६ महिनाको नाफाबाट सेयरधनीलाई बाड्न मिल्ने नाफा बैंकले ८० करोड गरेको छ । पूँजीकोष अनुपात १८.७३ प्रतिशत रहेको बैंकको कर्जा निक्षेप अनुपात ७२.७९ प्रतिशत रहेको छ । बेसरेट ५.७६ प्रतिशत रहेको बैंकको स्प्रेड ४.०७ प्रतिशत रहेको छ ।
SHARE YOUR THOUGHTS