काठमाडौं । आर्थिक वर्ष २०७७/ ७८ को दोश्रो त्रयमासमा एनएमबि बैंकले १ अर्ब ६१ करोड रुपैयाँ गरेको छ ।
उक्त नाफाबाट नियमकारी तथा अन्य समायोजन पश्चात शेयरधनीहरुका लागि वितरण योग्य नाफा १ अर्ब ५१ करोड रहेको छ ।
बैंकको निक्षेप १ खर्ब ४९ करोड तथा कर्जा १ खर्ब ४४ अर्ब पुगेको छ ।
यस आ.व.को पौष मसान्त सम्ममा बैंकको पूंजी कोष अनुपात १३.६८ प्रतिशत रहेको छ भने निष्किृय कर्जाको अनुपात २.३८ प्रतिशत छ ।
एनएमबि बैंक विगत ४ वर्षमा ३ पटक “द बैंक अफ दि इयर” बाट सम्मानित भएको छ । विश्व बैंक अन्तर्गत रहेको दोश्रो पटक पुनः अमेरिकी डलर २ करोड ५० लाख कर्जाको लागि समझदारी गरिसकेको छ । नेपालमै उक्त संस्थाबाट दुई वर्षमा लगातार कर्जा लिने यो एक मात्र बैंक हो ।
SHARE YOUR THOUGHTS