गरिमा विकास बैंकद्वारा नयाँ कर्जा सुविधा सार्वजनिक « Eglish Khabarhub

गरिमा विकास बैंकद्वारा नयाँ कर्जा सुविधा सार्वजनिक



काठमाडौं । गरिमा विकास बैंकले नयाँ कर्जा सुविधा सार्वजानिक गरेको छ । बैंकले नयाँ कर्जा सुविधा अन्तर्गत गरिमा इजी एसएमई लोन र गरिमा इजी होम लोन सार्वजानिक गरेको हो ।

उघमीलाई सरल र सहज तवरवाट कम व्याजदरमा कर्जा सुविधा दिएर लगानीको वातावरण सृजना तथा उघमशिलताको विकास सगै रोजगार सृजनामा टेवा पुगोस् भनी उद्देश्यले कर्जा सुविधा ल्याइएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए ।

दुबै कर्जा सुविधामा ८.८८ प्रतिशत ब्याजदरमा उपलब्ध भएको र धितो मूल्यांकनको शतप्रतिशत गरिमा एजी एसएमई लोनमा लगानी गर्न सकिने छ भने कर्जाको प्रकृति हेरी लागतको शतप्रतिशतसम्म गरिमा इजी होम लोनमा कर्जा प्रवाह गर्न सकिन्छ ।

साथै अन्य बैंक तथा वित्तीय संस्थाबाट निःशुल्क कर्जा सार्न सकिने र दुबै कर्जाको सेवा शुल्कमा पनि ५० प्रतिशतसम्म छुट सुबिधा पाउन सकिने छ ।

Publish on: