काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ ।
शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार कायम भएकोमा आइतबार १ सय रुपैयाँले बढेर ९२ हजार १ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महांघले जनाएको छ ।
त्यसैगरी, तेजावी सुनको प्रतितोला ९१ हजार ६ सय रुपैयाँ कायम भएको छ । साथै, चाँदीको मूल्य प्रतितोला १३ सय २० कायम भएको छ ।
SHARE YOUR THOUGHTS