लक्ष्मी बैंकको ‘माई मोबाईल मनि’ भिडियो प्रतियोगिताको नतिजा प्रकाशित « Eglish Khabarhub

लक्ष्मी बैंकको ‘माई मोबाईल मनि’ भिडियो प्रतियोगिताको नतिजा प्रकाशित



काठमाडाैं । लक्ष्मी बैंकले आयोजना गरेको ‘माई मोबाईल मनि’  भिडियो प्रतियोगिताको नतिजा घोषणा गरिएको छ ।

एक नौलो र फरक प्रकारको यो प्रतियोगिता लक्ष्मी बैंकको दोस्रो क्राउडसोर्सिङ प्रतियोगिता हो । यस अघि बैंकले ‘माई कार्ड आइडिया’ नामक प्रतियोगिता आयोजना गरेको थियो जसमा सहभागी हरुले बैंकको डेबिट कार्डका लागि विभिन्न प्रकारका डिजाइन पेश गर्नु गरी विजयी भएको डिजाइन हाल पनि लक्ष्मी बैंकका डेबिट कार्डको प्रयोग हुँदै आएको छ ।

‘माई मोबाईल मनि’ प्रतियोगितामा भने ५ वटा विभिन्न शीर्षकमा रहेको र सहभागीहरुले प्रत्येक शीर्षकमा ३ मिनटसम्मको १-१ गरी कुल ५ वटासम्म भिडियो पठाउन सक्ने नियम रहेको थियो ।

यस व्यवस्था अन्तर्गत सहभागिहरुले प्रत्येक शीर्षकमा रु. ५० हजार गरी कूल रु. २ लाख ५० हजारसम्म जित्ने अवसर थियो । सो प्रतियोगितामा विभिन्न क्षेत्रबाट ४५० भन्दाबढी रेजिस्ट्रेसनमार्फत् उत्साहजनक सहभागिता थियो । साथै पहिलो शीर्षकमा भने २ भिडियोबीच बराबर भई २ वटै भिडियो बिजेता भएका छन् ।

प्रतियोगितामा प्राप्त भिडियोहरुबाट रचनात्मक्ता तथा कथावस्तु, कार्यान्वयन, र प्रासङ्गिक्ताका आधारमा विजयी भिडियोको निर्णय लिइएको थियो ।

यस प्रतियोगिताका विजेताहरुमा बिराटनगरका लकेश दंगल, भक्तपुरका मन्दिप बखुन्छे,  पोखराका विकास त्रपाठी,  काठमाडाैंका सन्तोष शाक्य, भरतपुरका  भुवन तिवारी र मुस्ताङका छेवाङ गुरुङ छन् ।

Publish on: