काठमाडौं । विकास बैंकहरुका ग्राहक वाणिज्य बैंकले तानेको गुनासो सरोकारवालाले गरेका छन् । डेभलपमेन्ट बैंक एसोसिएशनका अध्यक्ष गोविन्द ढकालले विकास बैंकले दुःख गरेर हुर्काएका साना साना ग्राहक वाणिज्य बैंकले तानेको गुनासो गरेका छन् ।
विकास बैंकर्स संघ नेपाल र एओटिस नेपालको संयुक्त आयोजनामा ‘द ग्लोबल इम्प्याक्ट्स अफ् कोभिड १९ एण्ड इट्स कन्सकोइन्सेस टु द फाइनान्सिएल सेक्टरः द नेप्लिज प्रसपेक्टिभ्स’ नामक २ दिने वेविनार सम्पन्न भएको छ । सो विनारमा अध्यक्ष ढकालले कर्जा तानातानले अस्वस्थ प्रतिस्पर्धा बढेको, आयात बढेसंगै तरलता संकुचन हुने संभावना बढेको र बिकास बैंकहरुले दुःख गरेर हुर्काएका साना साना ग्राहकहरु पनि बाणिज्य बैंकहरुले तानीदिने गरेको बताएका छन् ।
साथै उनले कोभिड् १९ का कारण बिकास बैंकहरुको व्यवसायमा असर परेको, निश्कृय कर्जा बढ्ने संकेत देखिदै गएको बताए । निश्कृय कर्जा बढसंगै नाफामा असर गरेकाले पूंजी पर्याप्ता पनि असर परेको अध्यक्ष ढकालले जानकारी दिए । साथै, आयात बढेसंगै निकट भविष्यमा नै तरलता संकुचन हुने उनको अनुमान छ ।
कोभिड–१९ का कारण उत्पन्न समस्यालाई अन्तराष्ट्रिय स्तरका बैंकहरुले कसरी हल गर्दै गइरहेका छन् भन्ने कुराको अनुभव साटासाट गर्ने उद्देश्यले आयोजित उक्त वेविनारको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्टले नेपाल राष्ट्र बैंकले ल्याएको व्यवहारिक मौंद्रिक नीतिका कारण अहिले ऋणीहरु, बैंक तथा वित्तीय संस्था तथा वित्तीय प्रणालीलाई नै सकरात्मक प्रभाव परेको बताए । उनले यसको असर कम हुंदै जाने संकेत देखिएको भएतापनि कोभिड् १९ बाट पर्ने असरलाई रणनीतिकरुपमा योजना बनाई अगाडि बढन जोड दिए ।
उक्त कार्यक्रमका प्रमुख वक्ता इस्लामिक बैंक बंगलादेशको कार्यकारी समितिका अध्यक्ष, बंगलादेश आवास निर्माण वित्त निगमका अध्यक्ष, आइक्यावका परिषद सदस्य तथा चित्तागोङ् युनिभर्सिटीका प्राध्यापक डा. मोहमद सलिम उद्दिन थिए ।
नेपाल एओटिएसका अध्यक्ष प्रशान्तलाल श्रेष्ठले विकास बैंकर्स संघ नेपालसंग पहिलो सहकार्य भएतापनि आगामी दिनमा बिकास बैंकका कर्मचाहरुलाई अन्तराष्ट्रिय संघ संस्थाबाट व्यवहारिक ज्ञान प्रदान गर्ने कार्यमा थप पहल गर्ने बताए ।
SHARE YOUR THOUGHTS