सर्वोच्चले उल्ट्याइदियो पार्टी एकीकरण, माओवादी र एमाले पार्टी कायमै « Eglish Khabarhub

सर्वोच्चले उल्ट्याइदियो पार्टी एकीकरण, माओवादी र एमाले पार्टी कायमै



काठमाडौं । आइतबार सर्वोच्च अदालतले माओवादी केन्द्र र एमालेबीच भएको भएको पार्टी एकीकरणलाई अस्वीकार गरेको छ ।

आइतबार न्यायाधीशद्वय वमबहादुर श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले नेपाल कम्य्ुनिष्ट पार्टी (नेकपा) ऋषिराम कट्टेलको भएको फैसला गरेको छ ।

फैसलामा भनिएको छ, ‘निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता रहेका नेपाल कम्युनिष्ट पार्टी (एकीकृत, माक्र्सवादी, लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अलग अलग राजनीतिक दलका रुपमा साविककै अवस्थामा कायम रहने हुँदा, अब यी दुई राजनीतिक दलले एकीकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धि ऐन तथा नियम विपरीत नहुने गरी निर्णय गरी अविलम्ब निर्वाचन आयोगमा उपस्थित हुन जानकारी दिइ शीर्ष कानून बमोजिम आवश्यक निर्णय गराउनु भनि विपक्षीमध्येका निर्वाचन आयोगका नाममा परमादेश समेत जारी गरिदिएको छ ।’

Publish on: