एटिएमबाट कारोबार गर्दा करोडौं रुपैयाँ विदेशिनबाट रोक्न ‘नेपाल पेमेन्ट कार्ड’ आउँदै, यस्तो छ तयारी « Eglish Khabarhub

एटिएमबाट कारोबार गर्दा करोडौं रुपैयाँ विदेशिनबाट रोक्न ‘नेपाल पेमेन्ट कार्ड’ आउँदै, यस्तो छ तयारी


१६ चैत्र २०७७, सोमबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपाल राष्ट्र बैंकले स्वदेशी एटीएम काड ‘नेपाल पेमेन्ट कार्ड’ जारी गर्ने भएको छ । हालसम्म नेपालका बैंक तथा वित्तीय संस्थाले विदेशी नेटवर्क सञ्चालक कम्पनीहरु भिसा, मास्टड कार्ड, युनियन पे ‘कर्प कार्ड’ एसटीसीको डाइनेटिस्टीक कार्डजस्ता अन्तर्राष्ट्रिय पेमेन्ट कार्डको प्रयोग गर्दै आएका छन् ।

विदेशी कार्ड प्रयोग गर्दा वार्षिक करोडौं नेपाली रुपैयाँ विदेशीने हुँदा केन्द्रीय बैंकले स्वदेशी विद्युतीय कार्ड प्रयोगमा ल्याउने भएको हो । जसका लागि नेपालकै पेमेन्ट स्वीच स्थापना गरी केन्द्रीय बैंकले विद्युतीय भुक्तानी कार्ड ‘नेपाल पेमेन्ट कार्ड’ प्रयोगमा ल्याउने नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले बताए ।

‘हालसम्म विदेशी पेमेन्ट स्वीच र विदेशी कार्डबाट कारोबार गर्दा प्रतिकारोबार ६ रुपैयाँसम्म विदेशी रहेको छ,’ कँडेलले क्किमाण्डूसँग भने, ‘अब नेपालकै पेमेन्ट स्वीच ‘नेशनल पेमेन्ट स्वीच’ स्थापना गरी भिसा काड भनेकोजस्तै ‘नेपाल पेमेन्ट कार्ड’ जारी गर्ने तयारी गरेका छौँ, पहिला पेन्मेन्ट स्वीचको स्थापना गरी स्वदेशी पेमेन्ट कार्ड जारी गरिनेछ ।’

पहिलो चरणमा नेपालभित्रै प्रयोग गर्न सकिने गरी नेपाल पेमेन्ट कार्ड प्रयोगमा ल्याइने र दोस्रो चरणमा भने अन्तर्राष्ट्रिय कार्डहरुसँग आवद्ध गराई अन्य देशमा समेत प्रयोग गर्न सकिने व्यवस्था गरिने छ । नेपाल कार्ड प्रयोगमा आएपछि एटीएम कारोबारमा विदेशी नेटवर्कको प्रयोग हुँदा सो वापत विदेशी कम्पनीलाई भुक्तानी गर्नु पर्ने रकम स्वदेशमै रहने उनले जानकारी दिए ।

‘नेपालकै पेमेन्ट कार्ड हुँदा विदेशी नेटवर्कलाई प्रयोग भएन र शुल्क तिर्नु परेन भने अन्तरबैंक एटिएम कारोबार गर्दा समेत अहिले बैंकहरुले लिने शुल्कभन्दा धेरै कम शुल्क ग्राहकले तिर्नु पर्नेहुन्छ,’ उनले थपे, ‘स्वीच राख्दा, कार्ड जारी गर्दा कति खर्च लाग्छ त्यसको सम्पूर्ण विवरण राष्ट्र बैंकले हेरेर एटीएम कारोबारको शुल्क निर्धारण गर्न स्वीकृति दिन्छ ।’

जसका लागि राष्ट्र बैंकले नेपाल क्लियरिङ हाउस (एनसीएचएल) लाई नेतृत्वको जिम्मेवारी सुम्पिएको छ । एनसीएचएललाई सोको नेतृत्व गर्न दिएर प्राविधिक पक्षको सम्पुर्ण जिम्मेवारी सुम्पिएको भएपनि नियमन र सुपरिवेक्षणको काम भने राष्ट्र बैंकले नै गर्ने छ ।

राष्ट्र बैंकले नेशनल पेमेन्ट स्वीच प्रणालीको विकास गरी ‘नेपाल पेमेन्ट कार्ड’ प्रयोगमा ल्याउन एनसीएचएलसँगै नेपाल बैंकर्स संघलगायत अन्य बैंक तथा वित्त कम्पनीका प्रतिनिधि संस्था र विद्युतीय भुक्तानी प्रदायक संस्था र सम्बन्धित सरोकारवालाहरुसँग छलफल गरी कमिटी गठन गरेको छ ।

सो कमिटीको प्रयासमा नेपाल पेमेन्ट कार्ड आएपछि देशभित्रै गरिने कारोबार निःशुल्क हुने नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए ।

‘विदेशी कारोबारमा हाम्रो आपत्ति छैन, तर नेपालभित्रै हुने कारोबारको पनि बाहिर पैसा गयो त्यो राम्रो हैन, भारतमा ‘रु पे’ प्रयोगमा ल्याइएजस्तै कार्ड प्रयोगमा ल्याउन प्रयास गरिएको हो,’ दाहालले क्लिकमाण्डूसँग भने, ‘राष्ट्र बैंकसँग मिलेर सबैले नेपाल पेमेन्ट कार्ड ल्याउन काम गरिरहेका छौँ ।’

एटिएम मेसिनबाट रकम भिक्दा वा पस मेशिनमा कार्ड घोटेर भुक्तानी गर्दा बैंक तथा वित्त कम्पनीले अन्तर्राष्ट्रिय नेटवर्क कम्पनीलाई तिरिने शुल्क बैंकहरुले केही प्रतिशत ग्राहकबाट लिने र केही प्रतिशतआफै दिने गरेका छ । आफ्नै स्वीच स्थापना गरी पेमेन्ट कार्ड प्रयोगमा आएपछि स्वदेशी पैसा विदेशिनबाट रोकिने उनको भनाइ छ ।

राष्ट्र बैंकले दिएको जिम्मेवारी अनुसार आवश्यक अध्ययन भइसकेको तयारी शुरु गरिएको एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंहले बताए ।

‘नेपालका सबै प्रकारका गेटवेलाई नेशलन पेमेन्ट स्वीच प्रणालीभित्रे प्राविधिक तयारी शुरु गरिएको छ, जसमा स्वदेशी विद्युतिय भुक्तानी काड नेपाल कार्ड पनि जारी गर्ने तयारी गरिएको हो,’ प्रधानले क्लिकमाण्डूसँग भने ‘नेपालकै स्वीचबाट नेपालकै कार्ड प्रयोग गरी एटीएम कारोबार गर्न सकिन्छ, यसमा अहिले प्रयोगमा आएका एटीएम मेसिनहरुमै नेपाल पेमेन्ट कार्ड प्रयोग गर्न सकिने व्यवस्था गर्ने तयारी गरिएको छ ।’

नेपालकै स्वीच र काड भएपछि विद्युतीय कारोबारको शुल्कको भार कम पर्न जाने उनको भनाइ थियो ।

स्वीच स्थापनापछि अहिले भएका कार्डहरू सबै बैंकमा एउटै हुनेछ । र, जुनसुकै बैंकको एटीएम बुथ तथा पोसबाट गरेको कारोबारमा अतिरिक्त शुल्क लाग्ने छैन भने काडको प्रयोग गर्दा विदेशिने रकमको समेत बचत हुन्छ । यसले बैंक अन्तरआबद्धता कायम गर्ने भएकाले शुल्क सस्तो पर्न जाने उनले जानकारी दिए ।

अहिले बैंकहरूले डेबिट क्रेडिट कार्ड तथा एटीएमबाट भुक्तानी दिन विदेशी स्वीचको प्रयोग गर्नुपर्ने बाध्यता छ । त्यस्तै कतिपय बैंकहरूले आफ्नै स्वीच पनि बनाएका छन् । तर फरक /फरक  नेटवर्कको स्वीच प्रयोग गर्दा राष्ट्र बैंकलाई नियमन तथा सुपरिवेक्षण गर्न समस्या परेको र ग्राहकलाई समेत प्रयोगमा सहजता नभएको उनको भनाइ छ ।

एटिएम कारोबारमार्फत् यसरी विदेशिन्छ नेपाली पैसा

अहिलेसम्म नेपालको आफ्नै विद्युतीय भुक्तानी प्रणाली नहुँदा बैंक तथा वित्तीय संस्थाहरूले डिजिटल कारोबारमा भिसा, मास्टर्ड कार्ड, युनियन पे ‘कर्प कार्ड’ एसटीसीको डाइनेटिस्टीक कार्डजस्ता अन्तर्राष्ट्रिय पेमेन्ट कार्डको प्रयोग हुँदै आएको छ । नेटवर्क सञ्चालक अन्तराष्ट्रिय कम्पनीमा आवद्ध भएका कार्डको प्रयोग गर्दा प्रतिकारोबार शुल्क लिन्छन् ।

यस्तो प्रकारको शुल्क बैंक तथा वित्तीय संस्थाले जारी गरेको एटिएम कार्ड अन्तरबैंक एटीएम कारोबार गर्ने ग्राहकसँग लिन्छ । तर बैंक तथा वित्तीय संस्थाले भने विदेशी नेटवर्क कम्पनीलाई भने प्रतिकारोबार नै शुल्क बुझाउनु पर्ने नेपाल इन्टरनेट फाउण्डेशनका अध्यक्ष विक्रम श्रेष्ठले बताए ।

‘डलर डेबिट कार्डबाट नेपालभित्रै कारोबार गर्दा प्रतिकारोबार ३ डलर लाग्छ भने विदेशी वेटवर्कमा गर्यो भने प्रतिकारोबार ५ डलरसम्म र ब्यालेन्स चेक गर्दा ०.७५ डलर लाग्छ,’ श्रेष्ठले क्लिकमाण्डूसँग भने ‘डलर क्रेडिट कार्डबाट भने प्रतिकारोबार २ डलर र रकमको १ प्रतिशत शुल्क लाग्छ । तर नेपाल भित्रकै लागिमात्र जारी गरिएको कार्डमा भने प्रतिकारोबार बैंकहरुले २० रुपैयाँदेखि २५ रुपैयाँसम्म शुल्क लिइरहेको छन्, यसको केही प्रतिशत रकम बैंकले विदेशी नेटवर्क कम्पनीलाई बुझाउनु पर्ने हुन्छ ।’

यस्ता नेटवर्कमा आवद्ध एटिएमको प्रयोग गर्दा गेटवेलाई बैंक तथा वित्तीय संस्थाले वार्षिक करोडौं शुल्क तिर्नु परेपनि बैंक तथा वित्तीय संस्थाले भने आफ्ना ग्राहकलाई भने यसको शुल्कको भर नपारेको उनले जानकारी दिए ।

‘भिसाले अन्य कम्पनीले लिने शुल्क फरक फरक हुन्छ अहिले भिसाले कारोबार गरिने रकमको परिमाण अनुसार पनि शुल्क लिने गरेको छ,’ उनले भने, ‘ग्राहकहरुले अन्तर बैंक एटिएमबाट कारोबार गर्दा कार्ड जारी भएको बैंकले ग्राहकसँग १० रुपैयाँसम्म शुल्क लिइरहेको छन् ।’

यसबाटै बैंक तथा वित्तीय संस्थाले केही प्रतिशत रकम नेटवर्क प्रयोग गरिएको विदेशी कम्पनीलाई बुझाउनु पर्ने उनले जानकारी दिए । आफ्नै नेटवर्कको भित्रको कार्ड जारी गर्दा त्यसको शुल्क ग्राहकलाई के कति लगाउने आफ्नै निर्णय हुने भएकाले नेशनल पेमेन्ट स्वीच स्थापना गरी ‘नेपाल पेमेन्ट कार्ड’ प्रयोगमा आएका विद्युतीय कारोबारलाई प्रोत्साहन हुने उनको भनाइ छ ।

‘भारतले आफ्नै नेटवर्कको ‘रु पे’ प्रयोगमा ल्याएको छ भने त्यसको शुल्क ग्राहकलाई न्यून छ, त्यस्तै नेपालले पनि आफ्नै नेटवर्कको कार्ड प्रयोगमा ल्याएर शुल्कमा सम्झौता गरी ग्राहकलाई निःशुल्कसमेत गर्नसक्छ,’ उनले थपे, ‘यसका लागि सरकारको नेतृत्व तहबाटै विचार गरेर काम गर्नु पर्ने हुन्छ । तर २ वर्षअघिबाट बहस गरिएको नेपालकै नेटवर्कको एटीएम काडको विषय अहिले भर्खर छलफल नेतृत्वको जिम्मामा कुरा पुगेको छ । नेपालको आफ्नै कार्ड बनाउन सक्दा विदेशी नेटवर्कलाई बुझाउने पैसा नेपालमै बचत हुन्छ भनेर राष्ट्र बैंकमा २ वर्षअघि छलफल भएको हो । तर अहिलेसम्म यस विषयमा छलफल नै भइरहेको अवस्था छ ।’

कोभिड-१९ पछि राष्ट्र बैंकले विद्युतीय भुक्तानीलाई प्रोत्सान गर्दा नेपालकै पेमेन्ट स्वीच र कार्डलाई चासो दिएर छलफल अघिबढाए पनि तत्कालै नतिजा आउने गरी काम नभएको उनको गुनासो छ ।

१० महिनामा एटिएम कारोबारमार्फत् ३२ करोड रुपैयाँ बढी रकम विदेशीयो, कुन महिना कति ?

राष्ट्र बैंकको तथ्यांकअनुसार २०७७ बैशाख यतामात्रै नेपालबाट एटिएम कारोबारमार्फत् पैने ३२ करोड रुपैयाँ बढी विदेशिएको छ । केन्द्रीय बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशकले कँडेलले दिएको जानकारीअनुसार विदेशी नेटवर्कले एटीएम प्रयोग गर्दा प्रतिकाराबोर ६ रुपैयाँ दिँदा १० महिनामा कुल ३२ करोड ३५ लाख ४३ हजार रुपैयाँ बढी विदेशिएको छ ।

जसमध्ये बैशाख महिनामा ३४ लाख ८८ हजार ९ सय ३ कारोबार हुँदा २ करोड ९ लाख ३३ हजार ४१८ रुपैयाँ, जेठ महिनामा ३९ लाख ८९ हजार ५०९ कारोबार हुँदा २ करोड ३९ लाख ३७ हजार ५४ रुपैयाँ र असार महिनामा ६३ लाख २ हजार ८४६ कारोबारको ३ करोड ७८ लाख १७ हजार ७६ रुपैयाँ विदेशिएको छ ।

त्यसैगरी, साउन महिनामा ४७ लाख ६९ हजार ३४० कारोबार हुँदा २ करोड ८६ लाख १६ हजार ४० रुपैयाँ, भदौ महिनामा ३७ लाख ९७ हजार ९६९ कारोबार हुँदा २ करोड २७ लाख ८७ हजार ८१४ रुपैयाँ र असोज महिनामा ५३ हजार ८८ लाख ५०२ कारोबार हुँदा ३ करोड २३ लाख ३१ हजार १२ रुपैयाँ एटिएम कारोबारमार्फत् विदेशिएको छ ।

त्यस्तै, कात्तिक महिनामा ६० लाख १६ हजार ३२० कारोबार हुँदा ३ करोड ६० लाख ९७ हजार ९२० रुपैयाँ, मंसिर महिनामा ६२ लाख ९७ हजार ९३१ कारोबार हुँदा ३ करोड ७७ लाख ८७ हजार ५८६ रुपैयाँ, पुस महिनामा ६७ लाख ९० हजार ६४६ कारोबार हुँदा ४ करोड ७ लाख ४३ हजार ८७६ रुपैयाँ र माघ महिनामा ७० लाख ८० हजार ५०४ कारोबार हुँदा ४ करोड २४ लाख ८३ हजार २४ रुपैयाँ एटिएम कारोबार गर्दा विदेशिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार ००:००  ७ : ४८ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping