इसेवा मनि ट्रान्सफर र रिया मनी ट्रान्स्फरबीच डिजिटल रेमिट्यान्स भुक्तानी सम्झौता « Eglish Khabarhub

इसेवा मनि ट्रान्सफर र रिया मनी ट्रान्स्फरबीच डिजिटल रेमिट्यान्स भुक्तानी सम्झौता



काठमाडौं ।  विश्वकै अग्रणी रेमिट्यान्स् सेवा प्रदायक तथा युरोनेट वल्र्डवाइड इंकको सब्सिडायरी कम्पनी रिया मनी ट्रान्स्फर र एफवानसफ्टको भगिनी कम्पनी इसेवा मनी ट्रान्स्फरबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ ।

यो सम्झौतासँगै नेपालीहरूले रियाको संजालमा रहेका विश्वका १ सय ६० देशका ४ लाख ७५ हजार भन्दा धेरै स्थानहरूबाट सहजै इसेवा वालेटमा रेमिट्यान्स् पठाउन सक्नेछन् ।

योे सम्झौताले रिया मनी ट्रान्स्फरले विश्वभर रेमिट्यान्स्कोे डिजिटल भुक्तानीका लागि गरिरहेकोे प्रयासलाई थप सहयोग पुर्याएको छ र डिजिटल रेमिटेन्स सेवाको बढ्दो महत्वलाई अझ बढि मान्यता दिएको छ ।

यसले ‘डिजिटल भुक्तानी इकोसिस्टम’ तिब्र रूपमा निर्माण भएका नेपालजस्ता देशहरुमा रेमिट्यान्स्कोे क्षेत्रमा ठुलो सहयोग पुग्नेछ । रियासँग अब नेपालको पहिलो र अग्रणी डिजिटल वालेट सेवा प्रदायक इसेवाका ४२ लाख बढि ग्राहकसम्म पहुँच हुनेछ ।

रिया मनि ट्रान्स्फरका ग्लोबल सिईओ शौन फिल्डरले भने,‘हामी नेपालमा इसेवा मनी ट्रान्स्फरसँग साझेदारी गर्न पाउँदानिकै उत्साहित छौँ । हाम्रो सहकार्यले यस क्षेत्रमा नयाँ अवसरहरु ल्याउनेछ र सुलभ, सुविधाजनक र किफायति रेमिट्यान्स् सेवा मार्फत प्रवासी समुदायलाई सहयोग गर्ने हाम्रो प्रतिवद्धतालाई जारी राख्न सहयोग पुर्याउनेछ’।

एफवान सफ्ट इन्टरनेशनलका अध्यक्ष विश्वास ढकालले भने, ‘अन्तरदेशीय रेमिट्यान्स्मा विश्वको अग्रणी कम्पनीरियासँग साझेदारी गर्नु २००९ देखि नेपालमा दिगो डिजिटल भुक्तानी इकोसिस्टम निर्माण गर्ने हाम्रो यात्राको महत्वपूर्ण कोसेढुङ्गा हो । हामी वैकल्पीक भुक्तानी सेवाहरू प्रदान गर्ने र वित्तीय सेवामा अधिक पहुँच पुर्याउने मात्र होइन विश्वभरी रहेका नेपालीहरूका लागि पैसा पठाउँदा लागत घटाउने दिशामा काम गर्न उत्साहका साथ लाग्नेछौँ ’।

Publish on: