काठमाडौं । लक्ष्मी बैंकले धनुषाको क्षिरेश्वरनाथको वडा न. ५ स्थित महेन्द्रनगरमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएकोे छ ।
यो शाखा मार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।
यो शाखाको साथ बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा सेवा विस्तार गर्दै आएको छ ।
यो शाखाको विस्तारसंगै बैंकले ग्राहककै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ र मोवाईल फोन मार्फत बैंकिङ सेवाप्रादन गरी सहरी तथा अर्धसहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।
बैंकले १३१ वटा शाखा, ६ वटा एक्सटेन्सन काउन्टर, ५ हस्पिटल सेवा काउन्टर, १६० वटा एटीएम तथा ६१ शाखा रहित बैंकिङ इकाईबाट सेवा प्रदान गरिरहेको छ ।
SHARE YOUR THOUGHTS