नेपाल इन्भेष्टमेन्ट बैंक युरोमनि मनि अवार्ड फर एकसीलेन्स २०२१ बाट सम्मानित « Eglish Khabarhub

नेपाल इन्भेष्टमेन्ट बैंक युरोमनि मनि अवार्ड फर एकसीलेन्स २०२१ बाट सम्मानित



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक युरोमनि मनि अवार्ड फर एकसीलेन्स २०२१ बाट सम्मानित भएको छ ।

बैंकले दोस्रो पटक यो अवार्ड पाएको हो । यस अघि बैंकले २०१८ मा यो अवार्ड जितेको थियो । युरो म्यागाजिनले वित्तीय क्षेत्रमा निकै सम्मानित मानिने यो अवार्ड हरेक बर्ष एउटा देशको उत्कृष्ट बैंकलाई प्रदान गर्दै आएको छ।

१९९२ मा स्थापना गरिएको यस अवार्ड कार्यक्रम विश्व बैंकिङ्ग उद्योगमा सुरु गरिएको पहिलो अवार्ड हो । यस अवार्ड विश्वको १०० वटा देशहरुमा संचालन हुने गरेको छ । । बैंकको गुणस्तरीय सेवा, सिर्जनात्मक र ग्राहक प्रतिको विशेषज्ञताका लागि युरो म्यागेजिनले यो अवार्ड प्रदान गर्दै आएको छ।

बैंकले मुलुकभर रहेका ८६ शाखा कार्यालयहरू, १३१ एटिएम, १० वटा राजस्व संकलन काउण्टर एवं ५८ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

निकै राम्रो सेवा र व्यापारको कारण ‘बैंक अफ द इयर’ अवार्डबाट पाँच पटक सम्मानित यस बैंक २०१८ मा यस अवार्डबाट सम्मानित भइसकेको छ ।

Publish on: