वैदेशिक व्यापार वस्तुस्थितिः निर्यातको आकार सानो हुँदा व्यापारघाटा बढ्यो « Eglish Khabarhub

वैदेशिक व्यापार वस्तुस्थितिः निर्यातको आकार सानो हुँदा व्यापारघाटा बढ्यो


१५ श्रावण २०७८, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को वैदेशिक व्यापार वस्तुस्थितिमा आयातमा भएको भारी वृद्धि र निर्यातको आकार सानो भएकाले व्यापारघाटा वृद्धि भएको निष्कर्ष निकालेको छ ।

व्यापार तथा निकासी प्रवद्र्वन केन्द्रले एक आर्थिक वर्षको वैदेशिक व्यापारको तथ्याङ्क सार्वजनिक गर्दै आयातमा भएको भारी वृद्धि र आयातको तुलनामा सानो आकारको निर्यातका कारण व्यापारघाटामा वृद्धिको अवस्था देखिएको हो ।

केन्द्रले एक वर्षको अवधिमा व्यापारघाटामा २७.३ प्रतिशतले वृद्धि भई १३ खर्ब ९९ अर्ब पुगेको जनाएको छ । आव २०७७/७८ को नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा २९.९ प्रतिशतले वृद्धि भई १६ खर्ब ८० अर्ब ९६ करोड पुगेको छ ।

कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ८.४ प्रतिशत र ९१.६ प्रतिशत रहेको छ । केन्द्रले एक वर्षको अवधिमा नेपालको कुल निकासी ४४.४ प्रतिशतले वृद्धि भई १ खर्ब ४१ अर्ब १२ करोड तथा कुल पैठारीमा २८.७ प्रतिशतले वृद्धि भई १५ खर्ब ३९ अर्ब ८४ करोड पुगेको छ ।

आव २०७६र७७ अवधिमा निकासी पैठारी व्यापारको अनुपात १ः१२.२ रहेकोमा आव २०७७/७८ को सोही अवधिमा पर्न निकासी पैठारी व्यापारको अनुपात १ः१०.९ रहेको केन्द्रको तथ्याङ्कले उल्लेख गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ को नेपालको कुल ग्राहस्थ उत्पादनको तुलनामा नेपालको कुल व्यापारको हिस्सा ३९.४ प्रतिशत रहेको छ भने सोही वर्षको नेपालको कुल ग्राहस्थ उत्पादनमा निकासी र पैठारीको हिस्सा क्रमश: ३.३ प्रतिशत र ३६.९ प्रतिशत रहेको छ । त्यस्तै, आर्थिक वर्ष २०७६/७७ को नेपालको कुल ग्राहस्थ उत्पादनको तुलनामा नेपालको कुल व्यापारको हिस्सा ३३.१ प्रतिशत रहेको थियो । सो वर्षको नेपालको कुल ग्राहस्थ उत्पादनमा निकासी र पैठारीको हिस्सा क्रमश: २.६ प्रतिशत र ३०.६ प्रतिशत रहेको थियो ।

आइटिसीबाट प्रकाशित तथ्याङ्क अनुसार सन् २०२० मा विश्वको कुल निर्यातको व्यापारमा नेपालको निर्यातको स्थान १५६ तथा कुल निर्यातमा नेपालबाट भएको निर्यातको हिस्सा ०.००५ प्रतिशत रहेको थियो भने विश्वको कुल आयातमा नेपालको स्थान १०४ तथा हिस्सा ०.०५ प्रतिशत रहेको थियो ।

भटमासको हिस्सा ३८ प्रतिशत
चालु आर्थिक वर्षको नेपालको निर्यात व्यापारमा ४४.४ प्रतिशतको वृद्धि भई १ खर्ब ४१ अर्ब पुगेको छ । यस अवमा नेपाली निर्यातित भई रहेका प्रमुख केही वस्तुहरूबाहेक अधिकांश वस्तुहरुको निर्यातमा अघिल्लोे वर्ष २०७६/७७ को तुलनामा आर्थिक आव २०७७/७८ को सन्तोषजनक वृद्धि भएको उल्लेख गरेको छ ।

निर्यातित प्रमुख वस्तुहरूमा सोयाबिन तेलको हिस्सा ३८ प्रतिशत रहेको छ । यस अवधिमा प्रशोभित भटमासको तेलको निर्यातमा ३२२.८ प्रतिशतले वृद्धि भई ५३ अर्ब ६५ करोड पुगेको छ । जुन नेपालको कुल निर्यातको करिब ३८ प्रतिशत रहेको केन्द्रको तथ्याङ्कलेदेखाउँदछ ।
यसैगरी कच्चा भटमासको तेलको प्रति केजी मूल्य ११८ रुपैयाँमा आयात गरी मूल्य अभिवृद्धिका साथ प्रशोधित भटमासको तेल प्रति केजी १८० रुपैयाँमा निर्यात भएको छ ।

यार्नको निर्यात भएको एक वर्षको अवधिमा १७.६ प्रतिशतले वृद्धि भई ८ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । गलैंचाको र्नयाितमा १७.६ प्रतिशतले वृद्धि भई कुल निर्यात ७ अर्ब २४ करोड पुगेकोछ ।

यसैगरी जुट तथा जुटका उत्पादनको निर्यामा २६.५ प्रतिशतले वृद्धि भई ७ अर्ब१७ करोड अलैंचीमा ७४.७ प्रतिशले वृद्धि भई ७ अर्ब २ करोड, चियामा ३६.५ प्रतिशतले वृद्धि भई ३ अर्ब ८० करोड, तयारी पोसकको निर्यातमा ९.१ प्रतिशतले वृद्धि भई ५ अर्ब ३१ करोड निर्यात भएको छ।

त्यस्तै ऊनी फेल्टका वस्तुहरुको निर्यातमा ८७.६ प्रतिशतले वृद्धि भई ४ अर्ब ४ करोड, पश्मिना सलको निर्यातमा ४४.३ प्रतिशतले वृद्धि भई २ अर्ब ५४ करोड, अदुवाको निर्यातमा २.९ प्रतिशतले वृद्धि भई ४५ करोडको रुपैयाँको निर्यात भएको केन्द्रको तथ्याङ्कले देखाउँदछ ।

नेपाली हातेकागजको निर्यातमा ४३.७ प्रतिशतले वृद्धि भई ६१ करोड, जुताको निर्यातमा १.२ प्रतिशतले वृद्धि भई ८० करोड, जडीबुटीको निर्यातमा ८.३ प्रतितशतले वृद्धि भई १ अर्ब ७० करोड, सारयुक्तको निर्यातमा ११२.३ प्रतिशतको वृद्धि भई ९२ करोड, सूर्तका बोरा तथा झोलाको निर्यातमा ४६.८ प्रतिशतले वृद्धि भई ५४ करोड, जुसको निर्यातमा २३.२ प्रतिशतले वृद्धि भई ४ अर्ब २३ करोडको निर्यात भएको छ ।

चाऊचाऊको निर्यातमा ६३.४ प्रतिशतले वृद्धि भई १ अर्ब ८० करोड, रोशजन एण्ड रेशजन एर्सडको निर्यातमा ३८.५ प्रतिशतले वृद्धि भई १ अर्ब १३ करोड, कपडाको नियर्उातमा १४.५ प्रतिशतले वृद्धि भई ३ अर्ब २९ करोड, चाँदीका गहनाको निर्यातमा समेत ३३.९ प्रतिशतले वृद्धि भई २३ करोड रुपैयाँ पुगेको छ । सुनको गहना नयाँ निर्यात वस्तुको रुपमा उदाउनुको साथै यसको निर्यात ३९ करोड पुग्न गएको छ ।
यसैगरी सूर्यमुखीको तेलको निर्यातमा भारी वृद्धि भएको छ । यस अवधिमा यस वस्तुको निर्यात १९९९ प्रतिशतले वृद्धि भई २ अर्ब २५ करोड पुगेको छ ।

साथै, फलाम तथा स्टिलका उत्पादनको निर्यातमा भने २६.६ प्रतिशतले ह्रास आई २ अर्ब १५ करोडमा सीमित हुन आएको छ भने निर्यातमा ह्रास आएका अन्य वस्तहुरुमा हस्तशिल्प (सचत्रकारी, मूर्तिकला र मूर्ति)मा ३.० प्रतिशतले ह्रास आई ५५ करोड, दन्तमञ्जनमा २४.५ प्रतिशतले ह्रास आई ९३ करोड करोड, छालामा १२.२ प्रतिशतले ह्रास आई १६ करोड, मसुरोको दालमा ४०.२ प्रतिशतले ह्रास आई ५७ करोड र तामाका उत्पादनको निर्यातमा २९.२ प्रतिशतले ह्रास आई ४८ करोडमा सीमित हुन पुगेको छ ।

दुरसञ्चारका सामग्रीको आयातमा ६७.३ प्रतिशतले वृद्धि
चालु आर्थिक र्विको नेपालको आयातमा करिब २८.७ प्रतिशतको वृद्धि भई १५ खर्ब ४० अर्ब पुगेको छ । केन्द्रको तथ्याङ्क अनुसार दुरसञ्चारका सामाग्रीको आयातमा ६७.३ प्रतिशतले वृद्धि भई ४६ अर्ब ७० करोड पुगेको छ । त्यस्तै, हवाई जहाज तथा पार्टस्, पामको कच्चा तेल र सिमेन्ट क्लिंकरबाहेक अरु प्रमुख वस्तुहरुको आयातमा वृद्धि भएको छ ।

फलाम तथा फलाम उत्पादनको आयातमा ४४.२ प्रतिशतले वृद्धि भई १ खर्ब ७५ अर्ब ३४ करोड पुगेको छ । पेट्रोलियम पदार्थको आयातमा ७.१ प्रतिशतले वृद्धि भई १ खर्ब ७५ अर्ब ५३ करोड, मेशिनरी तथा पार्टस्को आयातमा २५.९ प्रतिशतले वृद्धि भई १ खर्ब २३ अर्ब ६२ करोड पुगेको छ ।

साथै, यातायातका साधनहरूको आयातमा ४९.७ प्रतिशतले वृद्धि भई ९७ अर्ब ३७ करोड, अन्नको आयातमा ३९.९ प्रतिशतले वृद्धि भई ७९ अर्ब ५९ करोड, इलेशलिक तथा इलेक्ट्रोनिक सामग्रीहरुको आयातमा ११.५ प्रतिशतले वृद्धि भई ६० अर्ब ३९ करोड, भटमासको कच्चातेलको आयातमा १८५.१ प्रतिशतले वृद्धि भई ५३ अर्ब ३८ करोड, औषधीको आयातमा ३९.० प्रतिशतले वृद्धि भई ३६ अर्ब ३७ करोड र तयारी पोशाकको आयातमा २५.३ प्रतिशतले वृद्धि भई ३० अर्ब १० करोड पुगेको छ ।

गत वर्षको प्रमुख खाद्यान्न बाली धान, गहुँमकै र कोदाको श्रोत मलुकमा भारत रहेको छ भने मकै केही मात्रामा अर्जेन्टिनाबाट पनि आयात हुने गरेको छ । धान र चामलको आयातमा ५०.९ प्रतिशतले वृद्धि भई ५० अर्ब ७९ करोड पुगेको छ भने मकैको आयातमा ८.६ प्रतिशतले वृद्धि भई १६ अर्ब २ करोड बराबर तथा गहुँको आयातमा ५२.४ प्रतिशतले वृद्धि भई ११ अर्ब ९८ करोड पुगेको छ ।

गत आवमा नेपालका १० प्रमुख निर्यात गन्तव्य मुलुकहरूमा भारत, युएसए, जमिनी, युके, टर्की, फ्रान्स, अष्ट्रेलिया, चीन, जापान र क्यानाडा रहेका छन् । यसैगरी नेपालका १० प्रमुख आयात स्रोत मुलुकहरुमा भारत, चीन, अर्जेन्टिना, युएई, , युएसए, युक्रेन, इण्डोनेशिया, अष्टे«लिया, दक्षिण कोरिया र क्यानाडा रहेका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार ००:००  ३ : ०६ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping