विकास बैंक, जलविद्युत् र फाइनान्समा आकर्षण, नेप्से स्थिर हुँदा पनि १५ कम्पनीको सेयरमा सकारात्मक सर्किट « Eglish Khabarhub

विकास बैंक, जलविद्युत् र फाइनान्समा आकर्षण, नेप्से स्थिर हुँदा पनि १५ कम्पनीको सेयरमा सकारात्मक सर्किट



काठमाडौं । मंगलबार सेयर लगानीकर्ताको आकर्षण विकास बैंक, जलविद्युत् कम्पनी र फाइनानसमा हुँदा नेप्से स्थिर देखिएको छ । यद्यपि १५ वटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

मंगलबारको कारोबारमा नेप्से परिसूचक ०.२३ अंकले बढेको छ । यो दिन ३ करोड ६ लाख १३ हजार ४३९ कित्ता सेयर १८ अर्ब २० करोड ४९ लाख ३९ हजार २३७ रुपैयाँमा कारोबार भएको छ ।

यो दिन ९३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १२५ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै ३ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

यो दिनको कारोबारमा १५ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सेयर मूल्यमा सकारात्मक सर्किट लागेका कम्पनीमा दिव्यश्वरी हाइड्रोपावर, जोशी हाइड्रोपावर, पञ्चकन्या माइ हाइड्रोपावर, हिमाल दोखला हाइड्रोपावर, माउन्टेन इनर्जी, रुरु जलविद्युत् परियोजना, आँखुखोला जलविद्युत् कम्पनी, गोर्खाज फाइनान्स, अरुण काबेली पावर, सीइडीबी हाइड्रोपावर, फस्ट माइक्रोफाइनान्स, जीवन विकास लघुवित्त, नेशनल हाइड्रोपावरलगायतका कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

Publish on: