कर प्रयोजनका लागि आय-व्यय विवरण अनलाइनबाट सजिलै कसरी भर्ने ? « Eglish Khabarhub

कर प्रयोजनका लागि आय-व्यय विवरण अनलाइनबाट सजिलै कसरी भर्ने ?


१४ भाद्र २०७८, सोमबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । आयकर ऐन २०५८ को दफा ९६ अनुसार प्रत्येक करदाताले आर्थिक वर्ष सकिएको तीन महिनाभित्रमा आफ्नो वार्षिक आय–व्ययको विवरण कर कार्यालयमा पेश गरिसक्नुपर्छ ।

विगतका वर्षमा करदाताले सम्बन्धित कर कार्यालयमा गएर यस्तो विवरण पेश गर्ने गरेका भए पनि अहिले यो सेवा सबै कर कार्यालहरुले अनलाइनमार्फत् दिइरहेका छन् । ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजस्व कार्यालय र सबै करदाता सेवा कार्यालयलाई परिपत्र गर्दै आन्तरिक राजस्व विभागले अनलाइनबाटै आय–व्यय विवरण (डे ०३ विवरण) लिन भनेको छ ।

अनलाइनबाट आय–व्यय विवरण पेश गर्ने र अनुसूची १० तयार गर्ने प्रक्रियाहरुः
१) आन्तरिक राजस्व विभागको प्रणालीमा आय विवरण पेश गर्नु अगावै करदाताले अनुसूची १० तयार गर्नुपर्छ । अनुसूची १० मा बिभिन्न समयमा दाखिला गरेका आयकर रकमहरु राजस्व व्यवस्थापन प्रणाली (आरएमआइएस) र राजस्व लेखा प्रणाली (आरएएस) सँग भिडान गरी भिडान भएका भौचरहरु मात्र समावेश हुने प्रणाली विकास गरिएको हुँदा करदाताले कर दाखिला गर्दा बा अग्रीम कर कट्टी रकम दाखिला गर्दा भौचरमा फरक नपर्ने गरी स्थायी लेखा नम्बर, आय वर्ष, राजस्व शीर्षक र कार्यालय कोड उल्लेख गरी विवरण दाखिला गर्नुपर्छ ।

२) अनुसूची १० तयार गर्न आन्तरिक राजस्व विभागको ट्याक्स पेयर पोर्टलमा गएर त्यसमा रहेको प्रिपेरेसन अफ एनेक्स १० भन्ने मेनुलाई छनोट गर्नुपर्छ । अनुसूची १० मा अग्रीमरुपमा दाखिला गरेका रकम, मिलान गर्न पाइने टिडिएस रकम र विगत वर्षमा बढी दाखिला भई यस वर्ष सार्नुपर्ने कुनै क्रेडिट रकम भए सो रकमहरु समावेश भए नभएको चेकजाँच गर्नुपर्छ ।
अनसूची १० समावेश हुन नपर्ने रकम भुलवश समावेश भएको रहेछ भने सो रकमलाई हटाउने र यदि समावेश हुनुपर्ने कुनै रकम समावेश भएको नपाइएमा समावेश गर्न सम्बन्धित कार्यालयमा सम्पर्क गरी आवश्यक प्रक्रिया शुरु गरी समावेश गरी अनुसूची १० अपडेट गर्नुपर्छ ।

३) विथहोल्डङ एजेन्टले ऐनको परिच्छेद १६ वमोजिम कर कट्टी गरी सिटिडिएस रिटर्न पेश गरी भेरिफाई भएको भए सो भेरिफाइड भौचरमध्ये कानून बमोजिम मिलान गर्न पाइने रकमहरु अनुसूची १० मा समावेश हुन्छ । यदि कुनै विथहोल्डङ एजेन्टले परिच्छेद १६ बमोजिम कर कट्टी गरेको तर सिटिडिएस रिटर्न पेश नगरेको वा पेश गरे पनि भेरिफाई नगरेको अवस्थामा सो रकम करदाताको अनुसूची १० मा समावेश नहुने भएकाले उक्त रकमको टिडिएस रिटर्न पेश गरी भेरिफाई गराउनु पर्छ । टिडिएस रिटर्न पेश गर्दा भुक्तानी रकम, कर कट्टी रकम र सम्बन्धित आय वर्षभित्र पर्ने गरी अवधि उल्लेख गर्नुपर्छ । यदि टिडिएस रिटर्न पेश गर्दा आय वर्ष फरक परेमा उक्त रकम सो आय वर्षको अनुसूची १० मा समावेश हुँदैन ।

४) संशोधित कर निर्धारण गर्नेबेला आगामी आय वर्षमा मिलान गर्ने गरी कायम भएको बढी दाखिला रकम भएमा सो रकमलाई अनुसूची १० मा समावेश गर्न सम्बन्धित कर अधिकृतले एकीकृत कर प्रणालीमा रहेको टाइम भन्ने मेनुमा गई ट्रान्सफर फर क्रेडिट प्रविष्ट गरिदिनुपर्छ ।

कर परीक्षण नभएका करदाताको विगत वर्षको बढी दाखिला भएको रकमलाई यस वर्ष सार्नु (ब्रिङ फरवार्ड) परेमा सम्बन्धित कर अधिकृतले कर दाखिलाको बिषयमा छानबिन गरी क्रेडिट ट्रान्सफर मेनुमा गई ट्रान्सफर अफ क्रेडिट प्रविष्ट गरिदिनुपर्छ । यसरी कर अधिकृतले ट्रान्स्फर क्रेडिट प्रविष्टि गरेपछि उक्त रकम अनुसूची १० मा समावेश हुन्छ ।

५) आय विवरण पेश गर्दा अनुसूची १० मा बढी दाखिला भएको देखिएमा सो रकम आगामी आय वर्षको अनुसूची १० मा स्वतः देखिने व्यवस्था छ ।

६) व्यवसायबाट आय भएमा अनुसूची ५, रोजगारीबाट आय भएमा अनुसूची ६ र लगानीबाट आय भएमा अनुसूची ७ तयार पार्नुपर्छ । यी अनुसूचीहरुको आधारमा प्राकृतिक व्यक्ति भए अनुसूची १ र निकाय भए अनुसूची २ स्वचालित रुपमा तयार हुनेछ ।

अनुसूची १ र अनुसूची २ मा आय विवरण तयार गरेको मितिसम्ममा ऐनको दफा ११७ को उपदफा १ र दफा ११८ बमोजिम कुनै शुल्क लाग्ने भए सो समेत समावेश गरी कर दायित्व गणना हुन्छ ।

करदाताले थप कर दाखिला गर्न पर्ने भए कति रकम दाखिला गर्नुपर्ने हो आय विवरणको अनुसूची १ वा अनुसूची २ मा देखिनेछ । यदि कर रकम नपुग भएको अवस्था देखिएमा कर दाखिला गर्न कर प्रणालीबाट भौचर तयार गरी दाखिला गर्न सकिनेछ । यसरी दाखिला भएको रकमलाई अनुसूची १० मा समावेश गर्न पूनः अनुसूची १० अपडेट गनुपर्छ । अनुसूची १० तयार भए पछि आय बिवरण तयार गरी सबमिट गर्ने र भेरिफाई गर्नुपर्छ ।

७) यदि करदाताको टिडिएस भेरिफाई नभएको वा गतवर्षको क्रेडिट ट्रान्सफर नभएको वा अन्य कुनै कारणले अनुसूची १० मा समावेश हुनु पर्ने रकम समावेश भएको नपाइएमा माथि उल्लेख भए बमोजिमको प्रक्रियाअनुसार विवरण पुनः पेश गर्न सकिन्छ ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार ००:००  ५ : ०६ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping