काठमाडौं । सेयर धितो कर्जाको सीमा राष्ट्र बैंकले संशोधन नगर्ने भएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले एक बैंकबाट ४ करोड र बैंकिङ प्रणालबिाट १२ करोड रुपैयाँमा सेयर धितोमा कर्जा लिन पाउने व्यस्था लागु गरेको छ ।
जसको नकारात्कम प्रभाव बजारमा पर्दा बजार लगातार घटेको सेयर लगानीकर्ताको ठम्याइ छ । सोही कारणले केही लगानीकर्ताहरुको समुहले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै नयाँ व्यवस्था खारेजीको माग गर्दै आन्दोलन गरिरहेका छन् ।
नियोजितरुपमा सेयर बजार घटाउने मौद्रिक ल्याएको भन्दै सेयर लगानीकर्ताले सोमबार र्याली प्रदर्शन तथा राष्ट्र बैंकमा आफ्नो माग पुरा गरभन्दै धर्ना नै दिएका थिए । राष्ट्र बैंकले गत साउन २९ गते चालु आवको मौद्रिक नीति जारी गरेको हो ।
मौद्रिक नीतिले व्यवस्था गरेका बुँदा कार्यान्यवनको पक्ष राम्रोसँग अध्ययन नगरी संशोधन नहुने राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए ।
‘राष्ट्र बैंकले सेयर धितो कर्जाको नयाँ व्यवस्था परिमार्जन तथा संशोधन गर्नतर्फ हालसम्म छलफल भएको छैन भने अहिलेसम्म कुनै पनि सोच बनाएको छैन,’ प्रवक्ता ढकालले क्लिकमाण्डूसँग भने, ‘विगतमा राष्ट्र बैंक कुनै पनि नीति निर्देशन जारी हुने वित्तिकै संशोधन गरेको रेकर्ड छैन, मौद्रिक नीति जारी भएको धेरै दिन पनि नभएको हुँदा यसलाई संशोधन या परिमार्जन गर्ने विषयमा केही कुरै भएको छैन र भविष्यमा हुने सम्भावना पनि न्यून छ ।’
राष्ट्र बैंकले हरेक त्रैमासमा मौद्रिक नीतिको समीक्षा गर्ने गरेको छ । सोही समीक्षामा सेयर धितो कर्जामा गरिएको नयाँ व्यवस्था कार्यान्वयनमा समस्या भएमा पुनरावलोकनको लागि छलफल हुन सक्ने उनले जानकारी दिए ।
‘विगत २ वर्षयता मौद्रिक नीतिले गरेको व्यवस्था त्र्रैमासिक समीक्षामा मात्र गगरिएको छ, भविष्यमा केही हुन्छ त्यो अहिले भन्न सक्ने अवस्था छैन । तर त्रैमासिक समीक्षाभन्दा अघि राष्ट्र बैंकले मौद्रिक नीतिमा गरिएका व्यवस्थाको पुनरावलोकन कुनै पनि हालतमा गर्दैन,’ उनले थपे, ‘मौद्रिक नीतिमा आएको व्यवस्थालाई अहिले खारेज गरभन्दै आन्दोलन गर्नुको कुनै औचित्य छैन् ।’
‘राष्ट्र बैंकले जारी गर्ने हरेक नीतिले कुनै न कुनै क्षेत्रलाई प्रभाव पार्छ,’ उनले भने, ‘चाहे त्यो ब्याजदर नीति होस् या तरलतासँग सम्बन्धीत नीति हुन्, त्यसमा हामीले विषेश क्षेत्रलाई के प्रभाव पार्छ भनेरभन्दा हेर्नभन्दा पनि बैंकको कर्जा कुन क्षेत्रतर्फ जानु पर्छ त्यो हेर्ने हो ।’
राष्ट्र बैंकले आफ्ना नीतिले सेयर बजार वा अन्य क्षेत्रमा कस्तो प्रभाव गर्छ भनेर हेनुुभन्दा पनि बैंकको कर्जा कुन क्षेत्रमा जानु पर्छभन्ने विषयलाई अध्ययन गरेर नीति निर्देशन जारी गर्ने उनले बताए ।
SHARE YOUR THOUGHTS