१ पुस २०८२, मंगलबार

रमेशकुमार केसी कृषि विकास बैंकको संचालकमा नियूक्त


काठमाडौं । कृषि विकास बैंकको सञ्चालक समिति सदस्यमा रमेशकुमार केसी नियुक्त भएका छन् । नेपाल सरकार (माननीय मन्त्रीस्तर) को निर्णयानुसार बैंक सञ्चालक समितिमा केसीलाई नियुक्त गरिएको हो । उनी हाल अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको प्रमुख पदमा कार्यरत छन् ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियुक्त संचालक सदस्य केसीलाई बैंक संचालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले सपथ ग्रहण गराए ।

उक्त अवसरमा कृषि विकास बैंक लि.का संचालक सदस्यहरु डा. हरिबहादुर केसी, डा. इन्दिरा श्रेष्ठ (मास्के), संजिव पौडेल, हरिप्रसाद पराजुली, विनोदकुमार गुरांगाई, कृषि विकास बैंक सीइओ अनिलकुमार उपाध्याय, बैंकका कम्पनी सचिव हिमलाल पौडेलसमेत को उपस्थिती थियो ।