आरम्भ चौतारी लघुवित्तको सीइओमा लक्ष्मीप्रसाद शर्मा नियुक्त « Eglish Khabarhub

आरम्भ चौतारी लघुवित्तको सीइओमा लक्ष्मीप्रसाद शर्मा नियुक्त



काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको सीइओमा लक्ष्मीप्रसाद शर्मा नियुक्त भएका छन् ।

संचालक समितिको मिति असोज १४ गतेको बैठकले शर्मालाई नियुक्ति गरेको छ । संस्थाको केन्द्रीय कार्यालय बनेपामा भएको कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष जगत बहादुर पोखरेलले नव नियुक्त प्रमुख कार्यकारी अधिकृत शर्मालाई पद तथा गोपनियताको सपथ ग्रहण गराए ।

नव नियुक्त प्रमुख कार्यकारी अधिकृत श्री शर्माले ग्रामिण विकासमा स्नातकोत्तर हासिल गरेका छन् भने बैंक तथा वित्तीय संस्थामा १७ वर्षको कार्यानुभव रहेको छ ।

निर्धन उत्थान बैंकमा शाखा प्रमुखको रुपमा कार्य शुरु गरेका शर्माले मिर्मिरे लघुवित्त, सनराइज बैंक, एनआईसी एसिया बैंकमा विभिन्न विभागका साथै एनआईसी एसिया बैंकको सहायक कम्पनी एनआई एशिया लघुवित्तमा स्थापनाकालदेखि प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रही कार्य गरेका थिए ।

Publish on: