![](https://internal.appharu.com/wp-content/uploads/2019/10/dividend.jpg)
काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट लाभांश दिने प्रस्ताव गरेको हो ।
कम्पनीले लगानीकर्तालाई ३२ प्रतिशत बोनस दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2021/10/unnity-722x768.jpg)
SHARE YOUR THOUGHTS