![](https://internal.appharu.com/wp-content/uploads/2017/03/gold-1.jpg)
काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ ।
बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ४ रुपैयाँ कायम भएकोमा शुक्रबार ४ सय रुपैयाँले घटेर ९२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ९ सय रुपैयाँ कायम भएकोमा शुक्रबार ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ । साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला १२ सय ५० रुपैयाँ कायम भएकोमा शुक्रबार ५ रुपैयाँ घटेर १२ सय ४५ रुपैयाँ कायम भएको छ ।
SHARE YOUR THOUGHTS