
काठमाडौं । नेपाल आयल निगमले सबै प्रकारका पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य बढाएको हो ।
जसअनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य बढाइएको छ भने आन्तरिकतर्फको हवाई इन्धनको मूल्य लिटरमा १० रुपैयाँले बढाइएको छ । साथै, खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ५० रुपैयाँले बढाइएको छ ।
अब पेट्रोलको मूल्य प्रतिलिटर १३३ रुपैयाँ, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर ११६ रुपैयाँ, हवाई इन्धनको मूल्य ९६ रुपैयाँ र एलपी ग्यासको मूल्य प्रति सिलिन्डर १५०० रुपैयाँ पर्नेछ ।

SHARE YOUR THOUGHTS