![](https://internal.appharu.com/wp-content/uploads/2021/11/Screen-Shot-2021-11-02-at-07.59.43-768x463.png)
काठमाडौं । सीता एयरको जहाज दुर्घटनामा परेको छ । मंगलबार बिहान हुम्लाको सिमिकोट उड्ने क्रममा नेपालगञ्ज विमानस्थलको धावनमार्गमा बँदेलसँग ठोक्किएर जहाज दुर्घटनामा परेको हो।
जहाजको अगाडिको टायरमा प्वाल परेको विमानस्थलका अधिकारीले जानकारी दिए । धावनमार्गबाट जहाज हटाएर विमानस्थल सन्चालनको प्रयास भइरहेको अधिकारीहरुले बताए ।
दुर्घटनामा मानवीय क्षति भने भएको छैन । सबै यात्रु र चालक दलका सदस्यहरु सकुशल छन् । रन वेमा जहाज गुडिरहेको अवस्थामा एक्कतसी बँदेल निस्किएपछि ठोक्किएको थियो ।
SHARE YOUR THOUGHTS