![](https://internal.appharu.com/wp-content/uploads/2021/09/nepal-bangladesh-capital-768x426.png)
काठमाडौं । नेपाल बंगलादेश(एनबी) बैंकको सञ्चालक समिति चयनमा विवाद भएको।
बिहीबार भएको एनबी बैंकको साधारणसभाले बैंक सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जनामा ए आर एम नजमुस शकिब, एम शाह आलम सरवर र क्यामरुन नहर अहमद निर्वाचित भएका छन् । यस्तै सर्वसाधारण समूहबाट इन्द्रबहादुर थापा, योगिता दाहाल र अमन साह निर्वाचित भएका छन् ।
यसअघिका सञ्चालक दिपक कार्कीले आफ्नो ९० प्रतिशत प्रोक्सीलाई निर्वाचन समितिले नियम विपरित अयोग्य गरेको बताए ।
‘मैले निर्वाचन समिति समक्ष उजुरी दिएको छु,बैंक व्यवस्थापनले एकलौटी ढंगबाट निर्वाचन गरेको छ,’कार्कीले भने ।
कार्की यसअघि ४ वर्षको बैंकको सञ्चालक समिति सदस्य थिए ।
SHARE YOUR THOUGHTS