![](https://internal.appharu.com/wp-content/uploads/2019/10/dividend.jpg)
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २६.३१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट २६.३१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
जसमा बोनस २५ प्रतिशत र नगद १.३१ प्रतिशत रहेको छ । कमपनीको यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2021/11/sanakisan-657x768.jpg)
SHARE YOUR THOUGHTS