
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
संस्थाको बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट ३१.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस २९.५ प्रतिशत र नगद १.५५ प्रतिशत सहित ३१.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

SHARE YOUR THOUGHTS