
काठमाडौं । महालक्ष्मी विकास बैंकले सेयरधनीहरुको लागि लाभांश दिने प्रस्ताव गरेको छ ।
बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट २१.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
जसमा बोसन २० प्रतिशत र १.०५ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

SHARE YOUR THOUGHTS