![](https://internal.appharu.com/wp-content/uploads/2021/07/Dividend-768x432.jpg)
काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ ।
कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७-०७८ को मुनाफाबाट २० प्रतिशत लाभांश दिने भएको छ ।
जसमा बोनस १९ र नगद १ प्रतिशत रहेको छ । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2021/12/ankhu-674x768.jpg)
SHARE YOUR THOUGHTS