काठमाडौं । गुण एयरलाइन्सले आज आइतबारदेखि काठमाडौं–सुर्खेत–काठमाडौंमा उडान शुरु गर्ने भएको छ ।
पोखरा र भरतपुरदेखि उडान शुरु गरेको गुण एयरलाइन्सले गन्तव्य बिस्तार गर्दै तुम्लिङटार, भैरहवा, नेपालगञ्ज, बिराटनगर, सिमरा र जनकपुरमा पनि नियमित उडान गरिरहेको छ ।
हाल गुण एयरलाइन्ससँग २ वटा बीच क्राफ्ट विमान र ५ वटा जेट स्ट्रिम विमान छन् ।
पछिल्लो समय आन्तरिक उडानतर्फ यात्रुहरुको चाप बढिरहेका बेलामा गुण एयरलाइन्सले बजार बिस्तारलाई तीव्र बनाएको हो । तथ्यांक अनुसार कोरोना महामारी अघिको तुलनामा हाल दोब्बरभन्दा बढीले यात्रुले आन्तरिक हवाई उडानमार्फत् यात्रा गर्न थालेका छन् ।
प्रतिक्रिया