काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अशोक शेरचनको वार्षिक तलब ३.४९ प्रतिशतले बढेको छ ।
आर्थिक वर्ष २०७६/७७ मा वार्षिक ३ करोड ४२ लाख रुपैयाँ तलब बुझेका सीइओ शेरचनले आव २०७७/७८ मा ३ करोड ५३लाख ९५ हजार रुपैयाँ तलब बुझेका छन् ।
शेरचनले तलब तथा भत्ता वापत २ करोड ७४ लाख ९३ हजार रुपैयाँ, कर्मचारी बोनसवापत ४१ लाख ६५ हजार रुपैयाँ तथा दशैं तथा विदा वापत ३७ लाख ३६ हजार रुपैयाँ बुझेका छन् ।
प्रतिक्रिया