![](https://internal.appharu.com/wp-content/uploads/2021/10/NR_DANG_BARSALEDHANMAXYATI-768x576.jpg)
काठमाडौं । यसवर्ष धान उत्पादन घटेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ को तुलनामा धान उत्पादन ८.७४ प्रतिशतले घटेको छ ।
धान उत्पादन ८.७४ प्रतिशतले कमी आई ५१ लाख ३० हजार मेट्रिकटन हुने मन्त्रालयले अनुमान गरेको छ । विगत ५ वर्षमा भएका उत्पादन हेर्दा आर्थिक वर्ष २०७४/७५ बाहेक अन्य वर्षहरु भन्दा यो वर्षको उत्पादन न्यून हो ।
गत आवको तुलनामा धान बाली लगाइएको क्षेत्रफलमा करिब ४ हजार हेक्टरको सामान्य वृद्धि भएको छ भने उत्पादकत्वमा ८.६१ प्रतिशतले ह्रास आई ३.७४ मेट्रिक टन प्रतिहेक्टर रहेको छ ।
मन्त्रालयका अनुसार २०७८ असोज ३१ देखि कात्तिक ३ गतेसम्म परेको हावाहुरीसहितको वर्षाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका कैलाली, कन्चनपुर, बर्दिया, बाँके तथा कपिलवस्तु जिल्लामा धान थन्क्याउने बेलामा परेको ठूलो क्षतिले धान उत्पादनमा कमि आएको मन्त्रालयले जनाएको छ ।
प्रदेशअनुसार गत आवको तुलनामा गण्डकी प्रदेशमा बाहेक अन्य प्रदेशमा धान उत्पादनमा कमी आएको छ । सुदरपश्चिममा ३१.४९ प्रतिशत र लुम्बिनी प्रदेशमा १८.३८ प्रतिशतले धान उत्पादनमा कमी आएको छ । चैते धानको उपादकत्व गत आवको तुलनामा ०.३२ प्रतिशतल बढेर ४.६८ मेट्रिक टन प्रति हेक्टर कायम भएको छ ।
प्रतिक्रिया